प्रथम मेयर कप भलिबलको उपाधी पञ्चकन्या र धादिङ बोर्डिङलाई

प्रथम मेयर कप भलिबलको उपाधी पञ्चकन्या र धादिङ बोर्डिङलाई

धादिङ : जिल्ला सदरमुकाम धादिङवेशीमा जारी प्रथम मेयर कप छात्रछात्रा भलिबलको उपाधि क्रमशः धादिङ बोर्डिङ उच्च मावि र पञ्चकन्या माविले हात पारेको छ। नीलकण्ठ नगरपालिकाको आयोजनामा तथा न्यु किवो बोर्डिङ स्कुलको व्यवस्थापनमा पहिलो पटक आयोजना गरिएको भलिबलमा छात्रतर्फ धादिङ बोर्डिङ प्रथम भएको हो भने छात्रातर्फ पञ्चकन्या प्रथम भएको हो।

पञ्चकन्याले एड्भान्स एकेडेमीलाई फाइनलमा हराएर उपाधीमाथि कब्जा जमाएको हो। २५-२१ र २५-१५ ले लगातार दुई सेट जितेको पञ्चकन्या माविले तेस्रो सेट २३-२५ ले गुमाएको थियो।

चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै पञ्चकन्या माविले नगद ४० हजार राशीको प्रथम पुरस्कारमा कब्जा जमाएको हो। पञ्चकन्या ३ साताअघि सम्पन्न भएको प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा पनि प्रथम भएको थियो। 

त्यस्तै छात्रतर्फ धादिङ बोर्डिङ स्कुलले पशुपति मावि विद्यालयलाई पराजित गर्दै प्रथम भएको हो। २५-२०, २५-१५ र २५-१४ को सोझो सेटमा पराजित गर्दै धादिङ बोर्डिङ ४० हजार राशीको प्रथम पुरस्कार हात पार्न सफल भएको हो।

केही साताअघि भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम भएको एड्भान्स एकेडेमी भने सेमिफाइनलबाटै बाहिरिएको थियो। नगरपालिका क्षेत्रभित्रका १८ वर्षमुनिका विद्यार्थी सहभागी हुन पाउने गरी आयोजना गरिएको प्रतियोगीतामा छात्रातर्फ ७ विद्यालय र छात्रतर्फ १५ विद्यालय सहभागी भएका थिए।

त्यसैगरी मेयर कपअन्तरगत नै खुल्ला फुटबल प्रतियोगीता भने जारी रहेको छ। देशभरका जुनसुकै फुटबल क्लब सहभागी हुन पाउने गरी आयोजना गरिएको प्रतियोगीतामा २० टिम सहभागी भएको र आइतबारसम्म सेमिफाइन समिकरण पुरा भएको प्रतियोगीताका संयोजक विकास कोइरालाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.