पहिले र अहिलेको गुठी विधेयकमा तात्विक फरक छैन : मन्त्री अर्याल
काठमाडौं : सांसदले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले संविधानमा उल्लेख भएका कुरालाई व्यवस्थित एवं एकरुपता प्रदान गर्न गुठीलाई प्राधिकरणमा लैजान खोजिएको बताइन्।
'हिजो र आजको गुठी विधेयकमा तात्विक फरक छैन, संविधानलाई सम्बोधन र कार्यान्वयनबाहेक धर्म संस्कृति मासिने गरी विधेयक आएको छैन, कसरी पारित गर्ने माननीयहरुको हातमा छ, परिष्कृत गर्न सरकार तयार छ, सांसदहरुले सनातन धर्म संस्कृति मासिने जुन चिन्ता जाहेर गरेका छन् त्यस्तो हुन दिँदैनौँ', उनले भनिन्।
मन्त्री अर्यालको जवाफपछि पनि सन्तुष्ट नभएका प्रमुख प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाइरहेपछि १५ मिनेटका लागि सभाको बैठक स्थगित गरिएको थियो।रासस