लोकतन्त्रको आवरणमा लुटतन्त्र : कमल थापा

लोकतन्त्रको आवरणमा लुटतन्त्र : कमल थापा

गोरखा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको बताएका छन्। पार्टीले सञ्चालन गरेको चारदिने हिन्दू जागरण राष्ट्रिय स्वाभिमान यात्राको दोस्रो संस्करणको सोमबार गोरखामा समापन गर्दै थापाले यस्तो बताएका हुन्।

‘नेकपाको सरकारको पालामा अहिले भ्रष्टाचार यति बढेको छ, जसको बयान गरेर साध्यै छैन’, उनले भने, ‘स्थानीय तहदेखि केन्द्रसम्म जताततै अनेकौ बहानामा भ्रष्टाचारै भ्रष्टाचार भइरहेको छ।’

वाइडवडी जहाज खरिददेखि एनसेल कर छली प्रकरणमा अरबौं भ्रष्टाचार भएको उनले बताए। ‘३८ किलो सुन तस्करी भयो। प्रधानमन्त्री बसेकै जग्गा भूमाफियाहरुले कब्जा गरे’, उनले भने,‘ इतिहासमा अहिले जस्तो नाङ्गो ब्रह्मलुट कहिल्यै भएको थिएन।’

सत्तारुढ दल मात्र नभई प्रमुख प्रतिपक्षीको पनि भ्रष्टाचारमा मिलेमतो रहेको उनको आरोप छ। विश्वमा धेरै धर्म परिवर्तन हुने देशमा नेपाल पहिलो नम्बरमा परेको उनको दाबी छ।

हिन्दू धर्म र संस्कृतिमाथि भइरहेको आक्रमण अब नेपाली जनतालाई सह्य नहुने उनले चेतावनी दिए। जेठ २४ गते मुक्तिनाथबाट सुरु गरिएको हिन्दू जागरण राष्ट्रिय स्वाभिमान यात्रा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, लम्जुङ हुदै सोमबार गोरखामा समापन गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.