सडक पीच नभएको भन्दै थलीबासी उत्रिए आन्दोलनमा (फोटोसहित )

सडक पीच नभएको भन्दै थलीबासी उत्रिए आन्दोलनमा (फोटोसहित )

काठमाडौं : सडक विस्तारका लागि भत्काइएको सडक निर्माण नभएको भन्दै थलीका स्थानीयबासीले मंगलबार बिहान सडक अवरुद्ध गरे। लामो समयदेखि सडक मर्मत नगरेको भन्दै थलीबासीले बिहान करिब ७ बजेदेखि ९:३० बजेसम्म सडकमा टायर बालेर अवरुद्ध गरेका हुन्।

पूर्वप्रधानमन्त्री माधव नेपालको प्रभाव क्षेत्र मानिएको उक्त क्षेत्रको सडकमा कालोपत्रे नहुँदा स्थानीय आक्रोशित भएका छन्। प्रदर्शनकारीले 'पूर्वप्रधानमन्त्रीको क्षेत्र जताततै अलपत्र' लेखेको प्लेकार्ड समेत बोकेर सडकमा उत्रिएर नारा जुलुस गरेका थिए।

प्रदर्शनका कारण चाबहिल, बौद्ध, जोरपाटीहुँदै साँखु ,आलापोट,गागलफेदी चल्ने सम्पूर्ण सवारीसाधन ठप्प भए। प्रदर्शनकारीले निजी सवारी, तथा विद्यालयका बस समेतलाई सञ्चालनमा रोक लगाएका थिए।

केही समयअघि बौद्धका स्थानीयबासीले पनि सडक पीचको माग गर्दै आन्दोलित भएका थिए। आन्दोलनपछि उक्त सडक कालोपत्रे भएको थियो। तर सडक छेउछाउमा काम अझैं बाँकी हुँदा उक्त क्षेत्रका स्थानीय  हिलो र धूलोबाट आजित छन्। सडक पीच नहुँदा जोरपाटी-साँखू सडकखण्डका स्थानीय सास्ती भोग्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.