लोकसेवा विज्ञापन रोक्ने निर्देशनविरुद्ध प्रदर्शन
काठमाडौं : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्दशनकोविरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएका छन् । मंगलबार बिहान काठमाडौंको मातइीघरमा जम्मा भएर युवाहरुको एक समूहले लोकसेवाको विज्ञापन रोक्ने निर्देशनको विरोध गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले आफ्ना मान्छेलाई करारमा भर्ना गरी जागिर खुवाउने नियतले लोक सेवाको प्रक्रिया रोक्न खोजेको आरोप लगाएका छन् ।
उनीहरुले करार भर्ना बन्द गर । राज्य व्यवस्था समिति मुर्दावादजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा लोक सेवा परीक्षा दिनका लागि आवेदन दिएका विद्यार्थीलगायत अन्य विद्यार्थीहरु सहभागिता छ ।
लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि यही जेठ १५ गते विज्ञापन निकालेको थियो । सोमबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।
कर्मचारी मागको विज्ञापन समावेशी समानुपातिक सिद्धान्त र संघीयताको मर्मविपरित भएको भन्दै सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई प्रक्रिया रोक्न परेको समितिका सदस्यहरुको भनाई छ ।