प्रधानमन्त्री ओली र बेलायती समकक्षी मेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र बेलायती समकक्षी मेबीच भेटवार्ता

लण्डन : बेलायत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी ओलीले बेलायतकी प्रधानमन्त्री टेरिसा मेसँग भेटवार्ता गरेका छन्। बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा ओली र मेबीच करिब आधा घण्टा कुराकानी भएको हो। सत्तारुढ पार्टीको नेतृको रुपमा राजीनामा गरिसकेकी प्रधानमन्त्री मे अहिले बहिर्गमनको तयारीमा छन्।

भेटमा प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री मेसँग गोर्खाको समस्या समाधानको लागि पहल गर्न आग्रह गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए। 

गोर्खा भर्तीसम्बन्धी बेलायत, भारत र नेपालको बीचमा भएको त्रिपक्षीय सन्धिमा पुनरावलोकन हुनुपर्ने धारणा प्रधानमन्त्रीले राखेका थिए। त्यस्तै, दुई सय वर्ष पुरानो कूटनीतिक मित्र बेलायतबाट अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्रीलाई स्वागत गर्न नेपाल आतुर रहेको जनाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.