राजकुमार ह्यारीलाई प्रधानमन्त्री ओलीले दिए धन्यवाद

राजकुमार ह्यारीलाई प्रधानमन्त्री ओलीले दिए धन्यवाद

लण्डन : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार ह्यारीलाई भेटेका छन्। 

केन्सिंगटन प्यालेसमा भएको भेटमा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल पुगेर गरेको सहयोगका लागि राजकुमार ह्यारीलाई धन्यवाद दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए। 

प्रधानमन्त्री र राजकुमार ह्यारीबीच नेपाल–बेलायत सम्बन्धका विभिन्न पक्षसहित बेलायती सेनामा कार्यरत गोर्खाका विषयमा समेत छलफल भएको थियो। बेलायती राजपरिवारको प्रतिनिधिका रूपमा राजकुमार ह्यारीले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।

यसैबीच प्रधानमन्त्री ओलीले बेलायतको प्रमुख विपक्षी पार्टी लेबरका नेता जेरेमी कोर्बिनलाई पनि भेटेका छन्। वेस्टमिन्स्टर स्थित हाउस अफ पार्लियामेन्टमा प्रधानमन्त्री र नेता कोर्बिनबीच भेटघाट भएको हो। 

त्यसअघि बेलायतको सर्वदलीय संसदीय समितिका सदस्य सांसदले हाउस अफ पार्लियामेन्टमै प्रधानमन्त्रीको सम्मानमा दिवाभोज आयोजना गरेका थिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीले बेलायत र नेपालको दुई शताब्दी लामो सम्बन्ध थप बलियो पार्नकै लागि आफू बेलायत भ्रमणमा आएको बताएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.