सिन्धुलीमा ३४ हजार बेरोजगारको आवेदन

सिन्धुलीमा ३४ हजार बेरोजगारको आवेदन

सिन्धुलीः प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सिन्धुलीका ३४ हजार सातसय ४८ जना बेरोजगार युवाहरुले स्वरोजगारका लागि स्थानीय तहमा आवेदन दिएका छन्। दुई नगरपालिकासहित जिल्लाका नौं वटा स्थानीय तहमा आवेदन दिएका उनीहरुमध्ये चालु आर्थिक वर्षमा पाँचसय २३ जनाले रोजगारी पाउने भएका छन्। यसका लागि संघीय सरकारले सबै तहमा तीन करोड ९० लाख रुपैयाँ बजेट पठाएको छ।

उक्त बजेटबाट पाँच सय २३ जना बढी बेरोजगारले कम्तीमा १५ दिनदेखि एक महिनासम्मका लागि रोजगारी पाउने प्रधानमन्त्री रोजगार कार्यक्रम तीनपाटनका संयोजक बरुण आलेले बताए।

उनका अनुसार सात हजार दुई सय ४७ जना युवाले तीनपाटनमा रोजगारका लागि आवेदन दिएका छन्। ‘उनीहरुमध्ये पहिलो चरणमा एक सय ८० जनालाई काम दिइएको छ। उनी सडक निर्माण र मर्मतको काममा खटिएका छन्’ आलेले भने। यसका लागि तीनपाटन गाउँपालिकामा ३७ लाख बजेट परिचालन गरिने उनले बताए। यस्तै कमलामाई नगरपालिकामा पाँच हजार ८ सय १८ जना बेरोजगारले आवेदन दिएका थिए। उनीहरुका लागि एक महिने काम लगाउन ७६ लाख रुपैयाँ रकम छ। नगरपालिकाले योजना छनोटको काम नसक्दा बेरोजगारलाई रोजगार दिन ढिलाई भएको रोजगार संयोजक अजय प्रधानले बताए।

मरिण गाउँपालिकामा भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा ८३ जनालाई रोजगार दिन काम थालिएको गाउँपालिकाकी रोजगार संयोजक रमा कार्कीले बताइन्। मरिणमा ४ हजार ४२ जना बेरोजगारहरुले रोजगारीका लागि आवेदन दिएका थिए। मरिणका सबै वडाबाट योजना छनौंटगरी काम सुरु गरीएको हो। मरिणमा बाटो निर्माण, सिंचाईकुलो, तटबन्ध निर्माण, बंगैचा निर्माण लगायतका काम भइरहेको छ।

फिक्कल गाउँपालिकामा ८४ जनाले रोजगारको अवसर पाएका छन्। उक्त गाउँपालिकामा तीन हजार ९४ जनाले रोजगारका लागि आवेदन दिएका थिए। फिक्कलका लागि १६ लाख रुपैयाँमात्र बजेट प्राप्त भएको छ। हरिहरपुरगढी गाउँपालिकामा कार्यक्रमका लागि योजना छनोटको प्रक्रिया अन्तिम चरणमा रहेको र असार मसान्तसम्ममा १० जनालाई रोजगार दिने तयारी भएको कार्यक्रमका संयोजक प्रदिपकुमार यादवले जानकारी दिए। हरिहरपुरगढीमा चार हजार तीनसय ७० जना बेरोजगारले आवेदन दिएका छन्।

दुधौली नगरपालिकामा चार हजार तीनसय ९६ जनाले रोजगारका लागि आवेदन दिएकोमा योजना छनोटका आधारमा ३५ जनालाई एक महिने रोजगार दिन थालिएको नगरपालिकाकी रोजगार संयोजक अस्मिता पोखरेलले जानकारी दिएन। यस्तै गोलन्जोर गाउँपालिकाले भने १५ दिनका लागि एकसय ३० जनालाई रोजगार दिएको छ। दुई हजार ८० जनाले आवेदन दिएका थिए।

यता सुनकोसी र घ्याङ्लेख गाउँपालिकामा भने रोजगार संयोजक नहुँदा कार्यक्रम लागु हुन सकेको छैन। गाउँपालिका अध्यक्ष दिपा बोहोराले भनिन्, ‘एक हजार दुईसयले आवेदन दिएका छन्, ३४ लाख रकम निकासा भएको छ। संयोजक नहुँदा कसरी काम गर्ने भन्ने अन्योलमै छौं।’ घ्याङ्लेख गाउँपालिकाका वडामा आवेदन आए पनि गाउँपालिकासम्म नपुगेको सूचना अधिकृत किशोर वाइवाले बताए। दुई हजार पाँचसयले आवदेन भरेको घ्याङ्लेखमा रोजगारका लागि १३ लाख रकम निकासा भएको छ। जिल्लाभरीमा हालसम्म पाँचसय बढीले रोजगारी पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.