नीर बिरालोका छाउरा उद्धार

नीर बिरालोका छाउरा उद्धार

पोखरा : संकटमा रहेका ठूलो नीर बिरालोका तीन छाउराको पोखरामा उद्धार गरिएको छ । पोखरा–३२ सातमुहानेस्थित स्थानीयको मकैबारीमा अलपत्र अवस्थामा रहेका नीर बिरालोका छाउराको स्थानीयको सक्रियतामा उद्धार गरिएको हो ।

उद्धार गरिएका छाउरालाई पोखराको पचभैयास्थित जंगली जनावर तथा पन्छी उद्धार केन्द्र पोखरा जुलोजिकल पार्कमा उपचार भइरहेको पार्कका व्यवस्थापक विनय अधिकारीले जानकारी दिए । पार्कमा कास्की जिल्ला र छिमेकी जिल्लामा घाइते अवस्थामा फेलापरेका जंगली जनावरको उद्धार गरी उपचार हुँदै आएको छ । माउ नआएपछि अलपत्र परेको अवस्थामा तीन दिनपछि छाउराको उद्धार गरिएको पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालयन बख्रेलले बताए ।

पोखरामा धेरै जंगली जनावर र तीनका छाउराहरु अलपत्र पर्न थालेपछि २०७२ साउन १५ गते देखि वन्यजन्तु उद्धार केन्द्रको रुपमा पार्क सञ्चालनमा आएको अध्यक्ष बख्रेलको भनाइ छ । अहिले उद्धार केन्द्रमा विभिन्न २६ प्रजातिका जनावर छन् । उद्धार गरिएका जनावर उपचारपछि पुरानै बासस्थानमा फर्कनसक्ने गरी निको भएपछि पुनः जंगलमै छाडिँदै आएको उनले सुनाए ।

ठूलो नीर बिरालो नेपालमा र विश्वमै संकट नजिक रहेको प्रजातिको बिरालो भएको संरक्षण क्षेत्रमा लामो समय काम गरेका राजु आचार्यले बताए । नेपालमा यस प्रजातिको बिरालो करिब ५ हजारको हाराहारीमा रहेको बताइएको छ । बासस्थान विनाश, चोरी शिकारका कारण यस प्रजातिको बिरालो संकटमा पर्दै आएको हो । शरीरको अंगका लागि यस प्रजातिको बिरालोको चोरी शिकार हुन गरेको विज्ञ बाताउँछन् ।

यो बिरालोले चराचुरुंगीको अण्डा, चराचुरुङ्गी, फलफूल खाने गर्दछ । नेपाल, भारत, चिन, मलेसिया, सिंगापुर लगायतका देशमा यो प्रजातिको बिरालो पाइन्छ । तराइदेखि उच्च पहाडी क्षेत्रसम्म पाइने यस प्रजातिको बिरालो नेपालमा करिब दुई हजार तीनसय मिटर उचाइसम्म पाइएको रेकर्ड छ । यस प्रजातिको बिरालो खोला किनार र बस्ती छेउछाउमा बढी बस्न मन पराउँछ । दिउँसो भन्दा रातमा यो जनावर सक्रिय रहन्छ ।

पोखरामा पछिल्लो समयमा जंगली जनावर बढी घाइते अवस्थामा फेला परेको डिभिजनल वन कार्यालय पोखराका सहायक वन अधिकृत शालिकराम पराजुलीले बताए । यस्तो अवस्थामा फेला परेका जंगली जनावरलाई उद्धार केन्द्रमा उपचारका लागि पठाइने गरेको पनि उनले सुनाए । यसअघि पनि पोखराको यम्दीमा फेला परेको घाइते नीर बिरालो उपचारका क्रममा मरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.