हायातका कर्मचारी आन्दोलित

हायातका कर्मचारी आन्दोलित

काठमाडौं : हायात रिजेन्सीमा व्यस्थापनले सहमति गरेका र खाइपाइ आएको सुविधा पनि कटौती गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् । हायात होटलले भर्खरै सम्पन्न गरेको वार्षिक साधारणसभाबाट कर्मचारीलाई दिने व्यवस्था गरिएको आवास सुविधा कोषमा रकम जम्मा गर्ने व्यवस्था हटाएको, विगतमा भएका सम्झौता कार्यान्वयन नगरेको र कर्मचारीले पाउनुपर्ने बिमा, विदा सञ्चिती, सुत्केरी विदा सुविधा नदिएको भन्दै बिहीबारदेखि कर्मचारी आन्दोलित भएका हुन् ।

हायात होटलअन्तर्गतको होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष मुक्ति दाहालका अनुसार विगतमा गरिएका सहमति र श्रम ऐन २०७४ मा भएको व्यवस्था कार्यान्वयन हुनुपर्ने माग कर्मचारीले राखेका छन् । उनका अनुसार विगतको सहमतिअनुसार कर्मचारीले आवास सुविधा पाउने व्यवस्था छ । यो व्यवस्था अनुसार होटलले मजदुरको आवास कोषमा करिब १६ करोड रुपैयाँ जम्मा गर्नुपर्नेछ । तर, त्यो रकम जम्मा नगरेको र अब कोषमा कुनै रकम नै नपठाउने निर्णय गरेकाले यसको विरोध गरिएको हो । होटलले नाफाको ५ प्रतिशत रकम उक्त कोषमा पठाउने व्यवस्था छ ।

मजदुरलाई होटलले दिन्छु भनेको र दिने सहमति गरेको सुुविधा पनि कार्यान्वयन नगरेपछि बाध्य भएर कर्मचारी आन्दोलित हुनुपरेको दाहालको भनाइ छ । उनका अनुसार बिहीबारदेखि तीन सय कर्मचारीले काम रोकेका छन् । अब माग पूरा नभएसम्म कर्मचारीले काम नगर्ने उनको भनाइ छ ।

होटलले कुल नाफाको ५ प्रतिशतभन्दा बढी रकम मजदुर कोषमा राख्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म यसलाई बेवास्ता गरिरहेको हायातका मजदुरको दाबी छ । होटलले हरेक वर्ष प्रकाशित गर्ने वार्षिक प्रतिवदेनमा यस्तो सुविधा जम्मा गरेको देखाउने, सरकारी निकायमा पेस गर्ने कागज पनि मिलाउने तर व्यावहारिक कार्यान्वयन भने नगरेकोे कर्मचारी बताउँछन् ।

कर्मचारीका अनुसार होटलले हालको वार्षिक ग्रेड ५ प्रतिशतलाई ९ प्रतिशत बनाउने, लामो समय बिरामी भएर कार्यालय आउन नसक्ने अवस्थामा एकमुष्ट पाँच लाख उपचार रकमबापत दिने, सञ्चित विदा र हाल पाउने ३ दिनको पुरुष सुत्केरी विदालाई १५ दिन पुर्‍याउनुपर्ने माग कर्मचारीको छ । यस्तो सेवा र सुविधा होटलले दिने भने पनि कार्यान्वयन नै नगर्ने समस्या बढेकाले दबाब सिर्जना गर्न आन्दोलित हुनुपरेको कर्मचारीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.