गोरखामा बाबुरामको एक दिन : बालबालिकासँगै बसे, खाए अनि रमाए

गोरखामा बाबुरामको एक दिन : बालबालिकासँगै बसे, खाए अनि रमाए

गोरखा : पूर्व प्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य बाबुराम भट्टराई आइतबार सौरपानी पुगे। भूकम्पले क्षतिग्रस्त त्यहाँको सिद्धार्थ माध्यमिक विद्यालयको भवन पुनर्निर्माणसम्बन्धी गुनासो आएपछि उनी स्थलगत अध्ययनका लागि विद्यालयमा पुगेका हुन्। भूकम्पले क्षतिग्रस्त विद्यालय अझैं उठ्न सकेको छैन।

स्वकीय सचिव रोशन पोखरेलकाअनुसार डाक्टर भट्टराई त्यहाँ पुग्दा साँढे एक बजेको थियो। विद्यालयमा मध्यान्हको छुट्टी भएको थियो। टहरोभित्र विद्यार्थीहरु कोही खाजा खादै थिए भने कोही खेल्दै थिए।

बाबुराम भट्टराई त्यहाँ पुग्दा विद्यार्थीहरु टहरोमै खेलिरहेका थिए। भट्टराई एकछिन विद्यार्थी देखेर टोलाए। उनी शिशु कक्षा खोज्दै भित्र गए। शिशु कक्षा पनि टहरोभित्रै रहेछ। बालबालिकाले कत्तिको स्वस्थ र सन्तुलित खाजा खाने रहेछन् भनेर बुझ्न बाबुराम त्यहाँ पुगेका हुन्। बालकक्षामा पसेका भट्टराईले केहीबेर बालबालिकासँगै घुँडा टेकेर खेले, कुराकानी गरे र सँगै बसेर खाजा पनि खाए।

देशभरका आधारभूत विद्यालयका विद्यार्थीलाई नि:शुल्क खाजाको व्यवस्था गर्न सकिन्छ कि भन्नेबारे उनले शिक्षकसँग छलफल गरे। यसबारे नीति निर्माण तहमा आफूले छलफल चलाउने उनले बताए। 

आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट खर्चबारे बुझ्न उनी त्यहाँ पुगेको डा. भट्टराईका स्वकीय सचिब रोशन पोखरेलले जानकारी दिए। डाक्टर भट्टराईले आइतबार ताकुकोटमा रहेको गाउँपालिकाको केन्द्र जोड्ने सडकको निर्माण अवस्थाबारे अनुगमन गरे। सो सडक निर्माणका लागि उनले ६० लाख रुपैयाँ उपलब्ध गराएका थिए। सडक निर्माण क्षेत्रमा पुगेर उनले मुख्य सडक निर्माणको काम सम्पन्न गरेपछि मात्र कृषि सडकलगायतका टुक्रे सडकमा बजेट बिनियोजन गर्नुपर्ने धारणा राखे।

त्यस्तै सोमबार बालुवा, चनौटे, ताकुकोट, देउराली, मुलाबारीलगायतका गाउँमा पुगेर स्थानीयबासीसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्वकीय सचिव पोखरेलले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.