१० दिन ढिलोगरी मनसुन प्रवेश
![१० दिन ढिलोगरी मनसुन प्रवेश](https://annapurnapost.prixacdn.net/media/albums/mansun-s_20190620104049_mnVOCj0EX0.jpg)
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन प्रवेश गरेको घेषणा गरेको छ।महाशाखाका अनुसार बिहीबारदेखि पूर्वी भू-भागबाट नेपालमा मनसुन प्रवेश गरेको हो।
पूर्वी भेगबाट नेपालमा प्रवेश गरेको मनसुन मध्यहुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा छ। 'मनसुन केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको छ, महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपालमा सामान्यतया मनसुन १० जुनमा सुरु हुन्छ । तर यस वर्षमा भने मनसुन १० दिन ढिलो सुरू भएको हो।'
नेपालमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ। यस वर्ष नेपालको प्रदेश प्रदेश-१, २, ३ र ५ को केही पश्चिमी भू(भागमा मनसुनी वर्षा औसतभन्दा कम हुने अनुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाँकी प्रदेश गण्डकी, कर्णाली र सुदूरपश्चिममा भने औसत वर्षा हुने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)