विप्लवले गरे नेपाल बन्दको घोषणा
काठमाडौं : प्रहरीले आफ्ना जिल्ला इन्चार्ज मारेको भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट बिहीबार ज्यान गएपछि पार्टीका महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
विज्ञप्तिमा उल्लेख भएअनुसार असार ७ गते प्रचार प्रसार,८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरेको छ।