सुरुङमा फसेका चिनियाँ कामदारलाई ड्रोनकाे निरीक्षणपछि यसरी गरियाे उद्दार (फाेटाेसहित)

सुरुङमा फसेका चिनियाँ कामदारलाई ड्रोनकाे निरीक्षणपछि यसरी गरियाे उद्दार (फाेटाेसहित)

नुवाकोट : टिमुरेमा निर्माणाधिन रसुवागढी जलविद्युत आयोजनाको सुरुङको प्रवेशद्वारमा बिहीबार राति ड्रोन क्यामेरामार्फत स्थलगत अनुगमनपछि उद्धार गरिएको हो ।

गोसाइकुण्ड गाउँपालिका वडा नं. २ टिमुरे नजिकै निर्माणाधिन १११ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ प्रवेशद्वारा  गएराति ढुंगासहितको सुख्खा पहिरो गएपछि ६ चिनियाँसहित १७ जना मजदुर रातभर सुरुङभित्रै थुनिएका थिए । जोखिम हुने देखिएपछि ड्रोनको माध्यमबाट पहिरोको अवलोकन गरी उनीहरुको उद्धार गरिएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए ।

सुरक्षाकर्मीसहितको टोलीले १७ जनालाई सकुशल उद्धार गरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार अडिट ४ टनेलको मुखमा सुख्खा पहिरो जाँदा एकजना स्काभेटर चालक घाइते छन् ।

ड्रोन क्यामेरा उडाएर पहिरोको स्थलगत निरीक्षणपछि पहिरोमा फसेकाहरुको उद्धार गरिएको थियो । पहिरोमा चिनियाँ कामदारहरु छि होङ्ग, वाङ्ग पिङ्ग, हुएंग हु छिङ, लिउ अहि योङ्ग, हाउङलाङ्ग जुङ्ग, यिङ्य क्युएंगलगायत १७ जनालाई सुरक्षाकर्मीसहितको उद्धार टोलीले सकुशल उद्धार गरेको हो ।

पहिरोमा परेर सुरुङभित्र थुनिएका नेपाली कामदारहरु देववहादुर दर्लामी, रुद्र ठाडा, कर्णबहादुर घर्ती, धनवहादुर ओली, जनकवहादुर राना, गोविन्द पुन, टेकबहादुर थापा, कुशल श्रेष्ठ, रत्नसिह पुजारा, अर्नुनकुमार रोक्का र निमासेदर तामाङलाई सकुशल उद्धार गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।योजनाको पहिरो गएको क्षेत्र बाहेक अन्य क्षेत्रमा नियमित काम भइरहेको छ । पहिरो नियन्त्रणका लागि सुरक्षाको काम भइरहेको आयोजनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.