असिनाले ८ करोड क्षति

असिनाले ८ करोड क्षति

कुश्मा : वैशाख र जेठमा परेको असिनाले पर्वतमा ८ करोडभन्दा बढीको क्षति भएको छ। भारी वर्षा र बाक्लो असिनाले जिल्लाका शंकरपोखरी, फलेबास, कार्कीनेटा, राम्जा, देउपुर, आर्थर, फलामखानी, बाजुङ, शालिजा, महाशीला र बिहादीलगायत दर्जनौं ठाउँमा लगाइएको कृषि उत्पादनमा क्षति पुगेको छ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जिल्ला विपद् व्यवस्थापन समितिले असिनाका कारण क्षति पुगेका स्थानमा स्थलगत अध्ययन र मूल्यांकन गर्दै ८ करोड क्षति भएको तथ्यांक सार्वजनिक गरिन्। समितिको बैठकमा कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले यसपटक असिनाका कारण किसान गम्भीर समस्यामा परेको र कतिपय ठाउँमा लगाइएका खाद्य र नगदे बालीको बीउसमेत नजोगिएको जानकारी गराए।

समितिको बैठकमा पीडित किसानलाई जतिसक्दो छिटो राहत उपलब्ध गराउन पहल गर्ने र सम्भव भएसम्म पालिकासँग मिलेर समन्वय गर्ने विषयमा पनि छलफल भएको छ। समितिको बैठकमा सहभागी भएका स्थानीय तहका प्रमुखले सम्भव भएसम्म पीडित कृषकलाई तत्काल राहतका लागि आवश्यक रकमको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्।

समितिको बैठकमा राहत उपलब्ध गराउन प्रतिबद्धता जनाएका स्थानीय पालिका प्रमुखले भने अघिपछिको समयमा असिना र वर्षाका कारण ठूलो क्षति भएका कारण पालिकासँग त्यति ठूलो बजेट नहुने भएकाले राहत वितरण गर्ने विषयमा कुनै पनि निर्णय हुन नसकेको बताएका थिए। फलेवास नगरपालिकामा मात्रै झन्डै एक करोड रुपैयाँभन्दा बढी मूल्यबराबरका कृषि उपजमा क्षति पुगेको तथ्यांक संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले बताए।

पालिकामा त्यति ठूलो रकम राहतस्वरूप दिन सक्ने अवस्था नभएका कारण नगरपालिकाको बैठक बसे पनि यस विषयमा निर्णय हुन नसकेको उनको भनाइ छ। असिनापीडित कृषकलाई राहतस्वरूप नगद नै उपलब्ध गराउने वा क्षति पुगेको बाली लगाउने बेलामा आवश्यकपर्ने बीउ वितरण गर्ने ? भन्ने विषयलाई पनि विकल्पका रूपमा ल्याइएको थियो। यसैकारण राहत वितरण गर्ने विषयमा तत्कालै कुनै निर्णय नभइसकेको गाउँ तथा नगरपालिका प्रमुखहरूले बताए। बालीमा क्षति भएको झन्डै दुई महिना बित्न लाग्दा पनि स्थानीय जनप्रतिनिधिदेखि पालिकाका प्रमुखले पनि यस विषयमा चासो नदिएको भन्दै पीडित कृषक आक्रोशित भएका छन्।

खाद्य बालीसँगै व्यावसायिक कृषकले लगाएका तरकारी बाली र प्लास्टिक घरसमेतमा क्षति पुगेको छ। घरका टिनका छानासमेत असिनाले चुहिने भएका छन्। जिल्ला प्रशासन कार्यालयले यसअघि घरमा क्षति भएका ५२ जनालाई राहत वितरण गरिसकेको जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.