पहिले विरोध, अहिले उद्घाटन

पहिले विरोध, अहिले उद्घाटन

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी भर्नाको विषयलाई लिएर जेठ २१ गते लोकसेवा आयोगका आयुक्तलाई ‘बेइमान र फटाहा’ भन्दै सार्वजनिक कार्यक्रममा आलोचना गरेका थिए। लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजार कर्मचारी भर्ना प्रक्रिया थालेपछि मुख्यमन्त्री राउतले आक्रोस पोखे।

समावेशी सिद्धान्तलाई मिचेर आयोगले प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाका लागि सूचना निकालेको उनको आरोप थियो। तर, सोही आयोगबाट माग भएको कर्मचारीका लागि प्रदेश २ सरकारले जनकपुरमा बुधबारदेखि तयारी कक्षा सुरु गरेको छ। जसको उद्घाटन मुख्यमन्त्री राउतले नै गरे।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत प्रदेश सरकारले एकसय महिलालाई लोकसेवा परीक्षाको तयारी गर्न कक्षा सञ्चालन गरेको हो। लोकसेवा तयारी कक्षा उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले सामाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढी रहेको बताए।

महिला सशत्त नभएसम्म सामाजिक रुपान्तरण सम्भव नहुने र सामाजिक रुपान्तरण नभएसम्म प्रदेश सम्वृद्ध नहुने भएकाले प्रदेश सरकारले सरकारी सेवामा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोकसेवा तयारी कक्षा सञ्चालन गरेको मुख्यमन्त्रीको भनाइ थियो। छोरीलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा पहुँच बढाउन प्रदेश प्रहरी र निजामती सेवामा ५० प्रतिशतको आरक्षण गर्ने प्रदेश २ मुलुककै पहिलो भएको समेत उनले दावी गरे।

क्याम्पसका प्रमुख धमेन्द्र झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव दिपक सुवेदीलगायत पनि सहभागी थिए। एक महिनासम्म प्रतिदिन २ घण्टा सञ्चालन हुने कक्षामा चौथो र पाँचौ तहको लोकसेवा आयोगको परिक्षाको तयरी गरिने मुख्यमन्त्रीको निजि सचिवालयका कर्मचारी आतिश मि श्रले जानकारी दिए। एक महिने कक्षा सञ्चालन गर्न ४ लाख रुपैयाँ विनियोजन गरिएको छ। कौटिल्य इन्स्टिच्युटसँग सहकार्य गरी प्रदेश सरकारले पहिलो चरणमा एक सय महिलालाई लोकसेवा परिक्षाको तयारी गराउन लागेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.