यारुबगरका व्यापारी सम्पर्कविहीन, अपहृत भएको शंका

यारुबगरका व्यापारी सम्पर्कविहीन, अपहृत भएको शंका

गोरखा : धार्चे १ यारुबगरमा व्यापार गर्ने एकजना गएरातिदेखि सम्पर्कविहीन छन्। यारुबगरका व्यापारी धनकमल गुरुङ राति १० बजे माछाखोला आसपासबाट सम्पर्कविहीन भएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

अध्यक्ष गुरुङले उनी अपहरणमा परेको हुनसक्ने बताए। उनको मोबाइल पनि अफ छ।

यारुबगरबाट आफ्नै खच्चड धपाउँदै माछाखोलाभन्दा पारीसम्म आइपुगेका उनलाई राती १० बजे नचिनेका ५/६ जनाको समूहले अपहरण गरेको स्थानीयबासीले बताएका छन्। 

उनले धपाउँदै ल्याएका खच्चडको काँटी खोलेर भारी खोलिएको अवस्थामा भेटिएको छ। घटनाबारे बुझ्न माछाखोला चौकीबाट प्रहरी पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.