५२ चिया कारखाना बन्द

५२ चिया कारखाना बन्द

इलाम : स्थानीय तहले ल्याएको चियाको मूल्य निर्धारण कार्यविधि अनुसार चल्न नसक्ने भन्दै ५२ चिया कारखाना बन्द भएका छन्। सूर्योदय नगरपालिकाले चियाको गुणस्तर कायम गर्ने र हरियो पत्तिको मूल्यमा रहेको मनपरी नियन्त्रण गर्न एकवर्ष अघि कार्यविधि ल्याएको थियो।

नगरले तोकेको न्यूनतम सर्मथन मूल्यमा अहिलेको चिया खरिद गर्न नसक्ने कारखाना सञ्चालकको भनाइ छ। कारखाना बन्द हुँदा दैनिक २ लाख किलो हरियो पत्ति प्रशोधनको काम रोकिएको छ। बन्द हुनु अघि पनि कारखानाले क्षमता अनुसारको चिया प्रशोधन गर्न सकेका थिएनन्। चिया अभावकै कारण केहिवर्ष देखि चिया कारखाना समस्यामा पर्दै आएका छन्। एसोसिएसनमा आवद्ध नभएका ९ वटा कारखानाले भने बन्द गर्ने वा सञ्चालन गर्ने बारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।

सूर्योदय नगरपालिकाले वुधबार नगरका १४ वटै वडाका किसानसँग छलफल गरेर न्यूनतम सर्मथन मूल्य प्रतिकिलो ४० रुपैयाँ भन्दा कममा चिया खरिद गर्न कारखानालाई अनुमति नदिने अडान कायम राखेको छ। सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले न्यूनतम समर्थन मुल्य भन्दा कम्तीमा चिया खरिद गर्न नगरले अनुमति नदिएको बताए। उनले किसानले समेत मुल्य घटाउने कुरामा सहमत नहुन आग्रह गरेको बताए। सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले नगरले अहिलेसम्म छलफलका लागि नबोलाएको बताए। गुणस्तरहीन चिया खरिद गर्ने किसानलाई कार्बाहीको दायरामा नल्याएसम्म समस्या समाधान नहुने उनको भनाइ छ।

चियाको गुणात्मक पक्षतर्फ सचेत रहन अन्य राष्ट्रिय स्तरमा स्वीकार्य हुने मापदण्ड अनुरुप कार्यविधि जारी गरेको मेयर रण बहादुर राईले बताए। चियाको आन्तरिक बाह्य बजार प्रवद्र्धन गर्न, स्थायी बजार र उपभोक्ता सुरक्षित गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सूर्योदय कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४ को अधिनमा रहेर कार्यविधि ल्याइएको हो। कार्यविधिमा ४० प्रतिशत भन्दा कम गुणस्तरको पत्तिको खरिद तथा बिक्री निरुत्साहित गरिने उल्लेख छ। श्रमिकको अभावमा मेसीन प्रयोग गरेर चिया टिप्ने प्रचलन सुरु भएकाले मापदण्ड अनुसारको चिया खोज्दा पत्ति नै नपाउने अवस्था आएको छ।

कारखानामा न्यूनतम भन्दा कम गुणस्तरको पत्ति फेला परेमा समितिले निर्णय गरी नष्ट गर्ने व्यवस्था छ। सूर्योदय नगरपालिकाका किसानले मेसिन वा हँसियालेसमेत चिया टिप्ने गरेका छन्। सुइरो, एक पात सुइरो, दुई पात सुइरो भएको, एक पात नरम बाँझी भएको चिया सहजै खरिद गर्ने उल्लेख छ।

कार्यविधिमा तीन पात तथा चार पात एक सुइरोबाट दुई पात एक सुइरो चुँडेर लिने उल्लेख छ भने दुई पात बाँझी तथा चार पात माथिको पत्ति र कालो पात, रोग किरा लागेको पत्ति नलिने उल्लेख छ। सूर्योदय नगरपालिकामा मात्र साना ठुला ६० भन्दा माथी चिया कारखाना रहेका छन्। यहाँका अधिकांश किसानले चिया खेती गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.