नेता र कर्मचारीको मिलेमतोमा विकास बजेट हिनामिना : भट्टराई

नेता र कर्मचारीको मिलेमतोमा विकास बजेट हिनामिना : भट्टराई

गोरखा : समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले नेता र कर्मचारीको मिलेमतोमा विकास निर्माणको बजेट हिनामिना हुने गरेको बताएका छन्। उनले जनतालाई बिचल्ली पारेर राष्ट्रिय ढुकुटी स्वाहा पार्न नहुने  तर्क गरे।

‘राजनीतिक दलका मान्छेहरु, प्रशासनका मान्छेहरु, ठेकेदार, इञ्जिनियरहरुको मिलेमतोमा विकास निर्माणको काममा बदमासी हुने गरेको छ’, सोमबार बिहान गोरखामा पत्रकारसँगको कुराकानीमा नेता भट्टराईले भने, ‘रणनीतिक महत्वका योजना, आयोजनाहरु दशौं वर्षसम्म काम हुँदैन, अलपत्र बनाइन्छ र बजेट हिनामिना गरिन्छ। ’

पूर्वप्रधानमन्त्री भट्टराईले जनतालाई बिचल्ली बनाएर विकासका आयोजनाहरु वर्षौसम्म अलपत्र पार्न नहुने धारणा राखे। आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको बारकिलो, बारपाक सडक दश वर्षअघि देखि ट्रयाक खोलेर अहिलेसम्म कालोपत्रे नभएकोप्रति उनले चिन्ता व्यक्त गरे। ‘रणनीतिक महत्वको बारकिलो बारपाक सडक, गोरखा आरुघाट सडक विगत लामो समयदेखि अलपत्र भएको देख्दा मलाई भित्रदेखि नै पीडाबोध भइरहेको छ’, उनले भने, ‘दूधपोखरी मार्ग जुन पञ्चायतकालको अन्तिमतिरदेखि काम सुरु भएको हो, अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन। बेनिघाट, आरुघाट सडकको हालत त्यस्तै छ।’

प्रत्येक वर्ष बजेट आउँछ, ठेक्कापट्टा हुन्छ, तर काम नहुने र बजेट सक्ने गरिएकोप्रति उनले दुख व्यक्त गरे। नेता भट्टराईले देखाउनका लागि मात्र पनि अरु ठाउँमा असारे विकास भएपनि गोरखाको रणनीतिक महत्वको सडकमा काम नभएको गुनासो गरे। ‘बजेट आइरहेको छ, ठेक्का पट्टा भइरहेको छ, तर किन एक इन्च पनि काम हुदैन ?’ उनले प्रश्न गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.