साराह बनिन् ‘व्यास नगर साइनिङ स्टार’

साराह बनिन् ‘व्यास नगर साइनिङ स्टार’

दमौली : प्रतिस्पर्धी २४ जनालाई पछि पार्दै आदर्श विद्यागृह दमौलीकी साराह श्रेष्ठ व्यास नगर साइनिङ स्टारको सातौं संस्करणको विजेता घोषित भएकी छन्। दमौली पार्टी प्यालेसमा शनिबार राति अबेर सम्पन्न प्रतियोगिताको फाइनल राउन्डमा उत्कृष्ट नृत्य र मन्तव्य दिएकी साराह दर्शकको छनोटमा परिन्। विजेता हुन सफल उनले उपाधिसँगै नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

प्रतियोगितामा जलदेवी माविकी कविता थापा फर्स्ट रनर अप तथा सत्यवती माविका गौरव सापकोटा सेकेन्ड रनर अप घोषित भए। दोश्रो र तेश्रोले उपाधिसँगै क्रमश नगद १५ र १० हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताका विजयीलाई व्यास नगर प्रमुख वैकुण्ठनाथ न्यौपाने, प्रमुख निर्णायक हरिसिंह गुरुङ, निर्णायक तथा गायक हेमन्त शर्मा तथा प्रायोजकले पुरस्कार प्रदान गरे।

यसअघि प्रतियोगितामा बेस्ट स्माइल कविता थापा, पर्सनालिटी अवार्ड प्राप्ती न्यौपाने, बेस्ट र्याम्प वाक अवार्ड विपिन श्रेष्ठ, वेस्ट पर्फरमेन्स अवार्ड गौरव सापकोटाले पाएका थिए।

यसैगरी बेस्ट कस्ट्युम अवार्ड साराह श्रेष्ठ, डिसिप्लिन अवार्ड रोनिसा राना, प्रोजेक्ट वर्क अवार्ड नविना थापा, भिवर च्वाइस अवार्ड अंकिता थापा, वेस्ट कन्ट्रिब्युसन अवार्ड अंकिता दुरा र फोटोजेनिक अवार्ड रबिना तामाङलाई प्रदान गरिएको थियो। सहभागीले प्रश्न उत्तर, परिचय तथा ट्यालेण्ट राउण्डमार्फत आफ्ना प्रतिभा पस्किएका थिए।

कार्यक्रममा व्यास नगर प्रमुख न्यौपानेले प्रतियोगिताले बाल प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भुमिका खेलेको बताए। ‘बालबालिकाको क्षमता विकासमा प्रतियोगिताले खेलेको भूमिका प्रशंसनीय छ,’ उनले भने। प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष रमेश गिरीले प्रतियोगिता सबैको साथले सफल भएको बताए।

‘प्रतियोगिता दमौलीकै गौरव बन्न सफल भएको छ,’ उनले भने,‘हाम्रा उत्पादनले देशैभर दमौलीको नाम राख्न सफलता पाएका छन्।’ संस्थाले सन् २०१३ यता हरेक वर्ष विद्यालय उमेरका १४ वर्षसम्मका बालबालिकाका लागि प्रतियोगिता गर्दै आएको छ।

झण्डै दुई सय प्रतियोगीबीचको अडिसनबाट २५ जनालाई छनौट गरेर एक महिने प्रशिक्षणपश्चात फाइनल गर्ने गरिएको छ।

हेमन्तले सबैलाई नचाए

प्रतियोगितामा निर्णायक तथा गायकका रुपमा आएका गायक हेमन्त शर्माले कार्यक्रमको माहोल बेग्लै बनाइदिए। शर्माले ‘फूल हौ भने रसाईदेउ’सहित चलेका गीतहरु पस्किएका थिए। उनका गीतमा सहभागी र नृत्य कलाकारले समेत नाचेर साथ दिएका थिए।

दर्शकको बाक्लो हुटिङ पाएका हेमन्तले आफ्नै ठाउँमा बसेर नाच्ने अवसर पनि प्रदान गरे। कार्यक्रमको प्रस्तुती र दर्शकको साथबाट हौसिएका उनले भने,‘यो साँच्चिकै उत्कृष्ट कार्यक्रम भएको महसुस गरें।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.