कार्यालय समयमै मापसे गर्ने गोरखाका प्रहरी प्रमुखको सरुवा

कार्यालय समयमै मापसे गर्ने गोरखाका प्रहरी प्रमुखको सरुवा

गोरखा : कार्यालय समयमै मदिरा सेवन गरेको आरोप लागेका गोरखाका प्रहरी प्रमुख एसपी भोला रावललाई प्रहरी प्रधान कार्यालयले सुर्खेत सरुवा गरेको छ । शुक्रबार पत्राचार गरी एसपी रावललाई प्रदेश प्रहरी कार्यालय सुर्खेत सरुवा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी विनोद शर्मा घिमिरेले जानकारी दिए ।

‘हेडक्वार्टले उहाँको सरुवा गर्दिसक्यो । त्यो जानकारी उहाँलाई भैसक्यो’, डीआइजी घिमिरेले भने, ‘अब गोरखामा अपराध महाशाखाबाट ओमप्रसाद अधिकारी आउँदै हुनुहुन्छ ।’

प्रदेश प्रहरी कार्यालयले छड्के चेकजाँच गर्दा एसपी रावलको कार्यालय समयभित्रै मादक पदार्थ सेवन गरी काममा लापरवाही गरेको प्रमाणित भएको डीआइजी घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.