साधुको भेषमा बालिकामाथि यौन दुर्व्यवहार

साधुको भेषमा बालिकामाथि यौन दुर्व्यवहार

जनकपुरधाम :  साधु सन्तलाई सबैले सम्मानको दृष्टिले हेर्ने गर्छन्। उनीहरुले समाजलाई असल संस्कार सिकाउन भूमिका खेल्छन् भन्ने मान्यता छ । तर, जनकपुरमा एक साधु भेषधारीले निन्दनीय कुकर्म गरेका छन् । 

 जनकपुरधाम उपमहानगरपालिका-८ स्थित तुलसी स्मारकका पुजारी शिवशंकर दासले साना बालिकामाथि यौन दुव्र्यवहार गर्दै आएको घटना सार्वजनिक भएको छ । मन्दिरमा पुजापाठ गर्ने नाममा दासले बालबालिकालाई निःशुल्क ट्युशनसमेत पढाउने गरेका थिए। ट्युशन पढ्न जाने साना बालिकामाथि उनले दुष्कर्म गरेको आरोप लागेको छ।

रामानन्दीय बैष्णव संघका तत्कालीन अध्यक्ष तथा रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवल भारत घर भएका शिवशंकरलाई  ५ वर्ष अगाडी तुलसी स्मारकमा पुजाआजा गर्ने जिम्मेवारी दिएका थिए । साधुको भेष धारण गरेका शिवशंकरले पछिल्लो दुई वर्षदेखि बालबालिकाहरुलाई पढाउने नाममा यौन  दुर्व्यवहार गर्ने गरेको अभिभावकले भएका बताएका छन् । 

‘मेरी ८ वर्षीया छोरीले बाबासँग पढ्न नजाने भनेर जिद्दी कारण बुझ्दा बाबाको कुकर्मका बारे थाहा पायांै,’ पीडित बालिकाका अभिभावकले भने, ‘बाबाको कर्तुतका बारेमा आवाज उठाएका थियौं तर,  रामानन्दीय वैष्णव संघका तत्कालीन अध्यक्ष वैकुण्ठले उनको बचाउ गरे।’  वैकुण्ठकै डरका कारण कसैले पनि ती बाबाको खुलेर विरोध गर्न नसकेको अभिभावकले गुनासो गरे । 

हत्याकाण्डमा वैकुण्ठलाई १२ वर्षको जेल सजाय सुनाइएपछि उनका सहयोगी दुष्कर्मी बाबाको विरोधमा सर्वसाधारणले बोल्न सकेका हुन् । वैकुण्ठ हाल फरार छन् । 
दासले पढाउने बहानामा अन्य दुईजना बालिकाहरुसँग पनि दुष्कर्मको प्रयास गरेकाअभिभावकहरुले दाबी छ । 

शनिबार जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षमा विभिन्न संघसंस्था र साधुसन्तसहितको बैठकले साधुको भेषमा दुष्कर्म गर्ने दासलाई कारवाहीका लागि प्रहरी प्रशासनमा जाने निर्णय गरेको छ ।

 आइतबार धनुषाका प्रहरी उपरीक्षक शेखर खनाललाई साधुसन्त र संघसंस्थाका प्रतिनिधिले ज्ञापन पत्र बुझाएका हुन् ।
उपरीक्षक खनालले पीडित बालिकाहरुको बयानपछि मात्रै ती साधुमाथि अनुसन्धान सुरु हुने भन्दै  अभिभावकलाई निवेदन दिन आग्रह गरेका छन्। 
आफ्नो दुष्कर्म सार्वजनिक भएको थाहा पाएपछि शिवशंकर दास फरार भएका छन् । उनी आइतबार बिहानैदेखि मन्दिरमा नरहेको स्थानीयले जानकारी दिएका छन् । 


    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.