घाटमै बस्ती

घाटमै बस्ती

बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिकाको नौघर टोलको घाटमा बस्ती बिस्तार भएको छ। ढोरपाटन नगरपालिका–८ नौघर टोलका बासिन्दाले हुँकट खोला किनारमा दाह संस्कार गर्दै आएका थिए। घाटमा पछिल्लो समय बस्ती बिस्तार भएपछि त्यहाँ दाहसंस्कार गर्न छाडिएको छ।

स्थानीयले आफन्तको निधन हुँदा आफूले भोगचलन गर्दै आएको जग्गामै शव गाड्न बाध्य भएका छन्। आ–आफ्नै खेतबारीमा संस्कारअनुसार शव गाड्दा कतिपय अवस्थामा स्यालले गाडेको शव बाहिर निकालिदिने गरेकाले स्थानीयबीच विवाद पनि हुँदै आएको छ।

दाहसंस्कारका लागि पायक पर्ने स्थान नहुँदा खेतबारीका कुनामा शव गाड्नु पर्ने बाध्यता आएको स्थानीय जितबहादुर बिकले बताए। ‘गाउँमा जनघनत्व बढेपछि घाटमा पनि बस्ती बसेको छ’, बिकले भने, ‘घर बनाएर मान्छे बस्न थालेपछि त्यहाँ दाहसँस्कार गर्न पनि मिलेन।’

पुस्तौंदेखि दाहसंस्कार गर्दै आएको हुँकटमा पछिल्लो समय बस्ती मात्र होइन, भुजीखोला–५ औँ लघु जलविद्युत आयोजनाको विद्युत गृह समेत निर्माण गरिएको छ। हुँकटमा बस्ती बसेसँगै शव जलाउँदा प्रदुषण हुने, राती तर्साउने भयले जलाउन रोकेका हुन्। हुँकटबासीले दाहसंस्कार गर्न नदिने भन्दै अवरोध गरेपछि दाहसंस्कार स्थल नपाएर दिनभर शव बोकेर ठाउँ खोज्नुपर्ने अवस्था आएको स्थानीय समाजसेवी तथा नयाँपुस्ता नेपालका अध्यक्ष कुशल बिश्वकर्माले बताए। हुँकटबासी र शवयात्रामा गएबाबीच दाहसंस्कारको विषयमा पटक÷पटक विवाद भइसकेको छ।

दलित समुदायको बसोबास रहेको नौघरटोलका स्थानीयलाई मात्रै होइन, त्यस आसपासका ढोलठोकी, सुनार टोल, उपल्लो टोल, तल्लोटोलका स्थानीयलाई समेत शवदाह गर्न कठिनाई भएको छ। कतिपयले सिरिम खोला र भुजीखोलाको संगमस्थलमा दाहसंस्कार गर्दै आएका छन्। धेरैजसोले खेतबारीका कुना र घाँसबारीमा शव गाड्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.