युवराज चार्ल्सबाट गोर्खालाई पदक

युवराज चार्ल्सबाट गोर्खालाई पदक

लण्डन : बेलायती सेनाको रोयल गोर्खा राइफल्स स्थापनाको २५ औं वर्षगाँठ मनाइएको छ। बेलायतको केन्टस्थित रोयल गोर्खा राइफल्सको पहिलो बटालियनमा आयोजित समारोहमा विशेष अतिथिका रुपमा बेलायती युवराज चार्ल्स सहभागी थिए। 

रोयल गोर्खा राइफल्सका मानार्थ प्रमुखसमेत रहेका युवराज चाल्र्सले बटालियनका सदस्यलाई विभिन्न पदकसमेत वितरण गरे। पदकबाट विभुषित हुने हालै अफगानिस्तानको ६ महिने मिसनमा सेवा गरेर फर्किएका गोर्खा थिए। 

त्यसबाहेक सोही अवसरमा विभिन्न तीन विधामा रोयल गोर्खा राइफल्सको  वार्षिक बटालियन अवार्ड पनि वितरण गरिएको थियो। समारोहमा झण्डै तीन सय गोर्खाले विभिन्न पदक प्राप्त गरेका थिए। 

युवराज चार्ल्सलाई गोर्खा रेजिमेन्टको परिचायक हरियो, कालो र रातो रंगको रंगीन मालाले स्वागत गरेका थिए। रोयल गोर्खा राइफल्सको २५ औं वर्षगाँठको उपलक्ष्यमा गोर्खा आफैँले तयार पारेको केक युवराजले काटेका थिए। 

पदक वितरणको कार्यक्रमपछि युवराज चार्ल्सले समारोहमा उपस्थित गोर्खा, भूपू गोर्खा र तीनका परिवारलाई पनि भेटेका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.