कुशेका सबै वडामा सडक

कुशेका सबै वडामा सडक

जाजरकोट : कुशे–ताँगाचौरका वृद्ध रंगबहादुर कामीले गाउँमा मोटर आउला भन्ने कल्पना पनि गरेका थिएनन्। तर, घर अगाडिबाट गाडी गुड्न थालेपछि उनी दंग छन्। ‘हाम्रो पालामा महिनौं हिँडेर हाटबजारबाट घरमा नुन बोकेर ल्याउनुपर्थ्यो’ उनले भने, ‘साँघुरो र भिरालो बाटो, नुनको भारीले थिचिएको शरीर, निकै कष्ट हुन्थ्यो, अहिले घर आँगनमै गाडीले सामान ढुवानी गर्छ।’

ताँगाचौरसँगै कुशे गाउँपालिकाका सबै वडामा सडक पुगेपछि अहिले सवारी साधनले घर नजिकै खाद्यान्न, नुन, तेल ढुवानी गर्न थालेका छन्। सडक पुगेपछि स्थानीयले थाप्लोमा भारी बोकेर पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ। गाउँपालिकाले सडक निर्माण र विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेपछि दुई वर्षमै सबै वडामा सडक पुगेको हो। कुशे गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा मात्रै साना–ठूला गरी १२ वटा सडकको ट्र्याक खोलेको छ।

यसअघि जाजरकोट–ब्युलीढुंगा जुम्ला सडकमा पर्ने पाँचकाटिया, दम्दोला, ढिमे, खुर्पालगायत गाउँ मात्रै सडकको पहुँचमा थिए। गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भने, ‘ट्र्याक खोल्ने काम सकिएर गाउँमा गाडी चल्न थालेका छन्, अब सडकको बाँकी स्तरोन्नति गर्ने काम हुन्छ।’

गाउँपालिकाले सबै वडामा सडक पुर्‍याउन दुई वर्षमा १० करोडभन्दा बढी बजेट खर्च गरेको छ। सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माण हुँदै छन्। कुशे गाउँपालिकामा पर्यटन प्रवद्र्धन तथा कृषि उपज, खनिज, जडीबुटीलगायतलाई बजारीकरण गर्न सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको हो।

‘पहिले हिँड्ने बाटो पनि साँघुरो थियो, भारी बोकेर हिँड्न पनि असहज हुन्थ्यो’, कुशे–५ का दलबहादुर खत्रीले भने, ‘दुई वर्षमै गाउँपालिकाभर सडक पुगेपछि थाप्लोमा भारी बोक्ने दिन गए।’ कुशे–९ की वडाध्यक्ष देविका सिंहले सडक निर्माणसँगै दुर्गम क्षेत्रको कृषि उत्पादनले बजार पाउने बताइन्।

कुशेका विकट र ग्रामीण बस्तीमा सडकको पहुँच पुगेपछि सर्वसाधारण पनि कृषि उत्पादन र व्यवसायतर्फ उन्मुख देखिएका छन्। दमदाला गाउँका डिल्लीबहादुर थापाले भने, ‘कुशेको विकटता सडकले हटाउँदै छ, घर छेउमै गाडी चलेपछि परिवर्तनको अनुभूति भयो।’ सडक स्तरोन्नतिसँगै खोलामा पुल निर्माणका लागि संघीय तथा प्रदेश सरकारसँग बजेट माग गरिएको कुशे गाउँपालिकाले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.