जनकपुर जलमग्न (फोटोसहित)
जनकपुरधाम : पछिल्लो तीन दिनदेखिको अविरल वर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुर डुबानमा परेको छ । जनकपुरधाम उपमहानगरपालिकाको २५ वटै वडा जलमग्न भएका छन्।
वाडमा पानीको निकास नहुँदा सर्वसाधारणको घरमा पानी पसेर विजोग भएको छ। मुख्यमन्त्री कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, लगायतका प्रशासनिक निकायहरु जलमग्न भएका छन्। घर तथा पसलमा पानी पस्दा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ।