खोलाले बगाएर एकको मृत्यु
ओखलढुंगा : मोलुङ खोलाले बगाएर गम्भीर घाइते भएका एक जनाको शुक्रबार मृत्यु भएको छ। सुनकोसी गाउँपालिका वडा नम्बर ४ चिउरीबोटका ५५ वर्षीय कुमार राई खोला तर्ने क्रममा बगेका थिए।
लगातारको वर्षापछि अचानक बढेको खोलाले बगाएको देखेपछि स्थानीयले उपचार गर्न लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको स्थानीय नरेन्द्र श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !