कमलामा पानीको बहाब बढ्यो, खतराको संकेत

कमलामा पानीको बहाब बढ्यो, खतराको संकेत

सिन्धुली :  सिन्धुलीको कमला नदीमो पानीको बहाब वार्निङ प्वाइन्टभन्दामाथि पुगेको छ । बाढी मापन केन्द्र रानीबासकाअनुसार कमला नदीमा शुक्रबार दिउँसोसम्ममा ३.४७ मिटर पानीको बहाब रहेको छ । यो वार्नीङ प्वाइन्ट भन्दामाथि हो । केन्द्रकाअनुसार ३.५ मिटर बाढीको बहबव हुँदा कमलानदीकमा बाढी खतरा हुन्छ। 

 बाढीको खतरा भएकाले बाढी मापन केन्दले तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन भनेको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिए ।  ‘बाढीले कमला नदी आसपासका खेती योग्य जमिन समेत कटान गर्न थालेको छ।’ नगरप्रमुख राउतले भने–‘अझै पानीको बहाब बढे बस्ती नै डुबानमा पर्नसक्ने खतरा बढेकाले सबैलाई सजग रहन भनिएको छ।’

नदीमा आएको बाढीका कारण स्थानीयमा त्रास फैलिएको छ । कमला नदीमा आउँने बाढीका कारण वर्षेनी तटीय क्षेत्रका बस्तिहरु डुवानमा पर्ने गरेपछि गत वर्षबाट बाढी मापनका लागि प्रविधिको जडान गरिएको छ।

 अहिले खतराको विन्दुमा रहेको र उच्च खतराको बिन्दुमा पुगे तटीय क्षेत्रका बासिन्दाको मोबाइलमा जानकारी दिइने प्रविधि जडान गरिएको मेयर राउतले जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.