दुलेगौंडा बजारमा पुरुष मृत भेटिए
दमौली : शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ दुलेगौँडाको गेट अगाडि शुक्रबार बिहान एक पुरुष मृत भेटिएका छन्। शुक्लागण्डकी नगरपालिका वडा नं १० छब्दी घर भई बेलचौतारास्थित ब्राइट चोक बस्दै आएका करिब ५० वर्षीय रामबहादुर खत्री मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए।
रातको समयमा खत्रीको अत्यधिक मदिरा सेवन गरेको र चिसोको कारणले ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। प्रत्यक्षदर्शीका अनुसार बिहीबार साँझ करिब ७ बजेतिर खत्री नगरपालिका अगाडि देखिएका थिए। उनलाई अत्यधिक रक्सी पिएको अवस्थामा स्थानीयले भेटेका थिए।
स्थानीयले अस्पतालमा लैजान र आफन्त बोलाउन खोज्दा नमानेको प्रत्यक्षदर्शीको भनाई छ। कपुरको रुखमुनि चौतारामा सुतेका उनी बिहान मृत भेटिएका हुन्।
प्रतिक्रिया दिनुहोस !