घर भत्किँदा छोरीको मृत्यु, छोरा घाइते
धादिङ : अविरल वर्षाको कारण धादिङको गजुरी गाउँपालिका ४ दरियाँल बालुवाडाँडामा पहिरोले कच्ची घर भत्किँदा बालिकाको मृत्यु भएको छ। उनका दाजु घाइते छन्।
स्थानीय कृष्ण तामाङको ८ वर्षीया छोरी अस्मिता तामाङको मृत्यु भएको हो। भने उनकै १२ वर्षीया छोरा जयराम तामाङ घाइते भएका छन्। घाइतेलाई उपचारको लागि गजुरी अस्पतालमा ल्याइएको छ।
कच्ची घरमै बसिरहेका बेला घरमाथीबाट पहिरो आएको थियो। घरले छोरा छोरीलाई च्यापेको हो। घटनापछि राहत सामाग्री लिएर तत्काल मान्छे खटाइएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुङगानाले जानकारी दिइन्।