बाढीले प्रदेश २ को ८० प्रतिशत डुबान : सयौं विस्थापित

बाढीले प्रदेश २ को ८० प्रतिशत डुबान : सयौं विस्थापित

जनकपुरधाम : लगातारको वर्षाले प्रदेश २ मा ८० प्रतिशत भू-भाग डुबानमा परेको छ। प्रदेशका मुख्य ठूला नदी कमला, कोशी, बाग्मती, लालबकैया, रातु, सिक्टासहित साना नदी र खोल्सामा पानीको सतह बढेपछि जनजीवन आक्रान्त भएको छ। 

वर्षा निरन्तर भइरहेको हुनाले बाढीको जोखिम झन् बढ्दै गएको हो। गाउँबस्तीमा बाढी पसेर सयौं घरपरिवार विस्थापित भएका छन्। बाढीले सबैभन्दा बढी डुबान रौतहट जिल्लामा भएको नेपाल प्रहरी प्रदेश २ का प्रवक्ता ज्ञानकुमार महतोले जानकारी दिए। रौतहट सदरमुकाम गौरमा १५ फिटसम्म पानी जमेको छ। 

जल्लाको पूर्वतर्फ भएर बग्ने बाग्मती नदी र पश्चिम भएर बग्ने लालबकैया नदीको बाँध फुटेर बस्ती र गाउँमा पानी पसेको छ। सदरमुकाम गौर पानीमा डुबेको छ। निरन्तरको वर्षाका कारण प्रहरी इकाईसँग समेत सम्पर्क हुन नसक्दा क्षतिको यकिन हुन नसकेको प्रवक्ता महतोले बताए। 

त्यसैगरी पर्सा जिल्लामा ४११ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने सर्लाहीमा १२१५ परिवार पूर्ण रुपमा विस्थापित भएका छन्। धनुषामा कमला नदीको पानी तटबन्ध माथिबाट बग्न थालेर बस्तीमा पस्न थालेको छ। 

उद्यारको अवस्था 
बाढीमा फसेकालाई राहत र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सक्रिय लागि रहेका छन्। ‘बाढीले विस्थापित भएकालाई खाद्यानको समस्या विकराल रहेको हुँदा तत्काल ड्राइफुड उपलब्ध गराउन व्यवस्था मिलाउनका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ’, प्रहरी प्रवक्ता महतोले भने। 

पर्याप्त स्रोत साधनको अभाव र प्रतिकुल मौसमका कारण बाढी प्रभावितलाई उद्धार र राहतमा प्रभाव परिरहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.