पूर्व-पश्चिम राजमार्गको पुल बाढीले बगायो : महोत्तरीका ४० हजार परिवार प्रभावित

पूर्व-पश्चिम राजमार्गको पुल बाढीले बगायो : महोत्तरीका ४० हजार परिवार प्रभावित

महोत्तरी : बाढीले महोत्तरीमा पूर्व-पश्चिम राजमार्गको पुल बगाएको छ। पुल बगाएपछि यातायात अवरुद्ध भएको छ। बाढीको कटान र डुबानले ४० हजार परिवारका दुई लाख स्थानीय प्रभावित भएका छन्। 

पूृर्व-पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबासस्थित भप्सी पुल बाढीले बगाएको हो। राजमार्गबाट यातायात ओहोरदोहोर ठप्प छ। पुलको बीच भाग बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी निशान थापाले बताए।

शनिबार बिहानबाट मात्रै वैकल्पिक मार्ग तयार भएको छ। बर्दिबास-औरही-गौशाला-माइस्थान जोड्दै वैकल्पिक सडक निर्माण भएको छ। बाढीले राजमार्गको १० मिटर पुल बगाउँदा ३४ किलोमिटर बाटाे लम्बिएको छ। ६ घण्टासम्म राजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन र हजारौं यात्रु अलपत्र परेका थिए। रातु खोलाको बाढीले महोत्तरी र धनुषालाई जोड्ने झुलुङ्गे पुलमा पनि क्षति पुर्‍याएको छ। बर्दिबासको गौरीडाँडा र धनुषाको तुलसीलाई जोड्ने झुलुङ्गे पुलमा रातुखोलाको बाढीले क्षति पुर्याएको हो। पिलर बगाउँदा पुलमा क्षति पुगेको स्थानीय दिपेशकुमार सिंहले बताए। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा सीडीओ उमेशकुमार ढकालको अध्यक्षको बैठकले महोत्तरीका चलिस हजार घरपरिवार बाढीले प्रभावित भएको निष्कर्ष निकालेको छ। बाढीको भेलले महोत्तरीमा १५  स्थानीय तहमध्ये १० स्थानीय तह पूर्णरुपमा जगमग्न छन्। प्रारम्भिक तथ्यांक अनुसार, जिल्लाभरीमा चालिस हजार घरपरिवार बाढीको भेलले प्रभावित भएका हुन्। 

बाढी पीडित भोकभोकै
जिल्ला  प्रहरी कार्यालय महोत्तरीका एसपी श्याम अधिकारीका अनुसार, महोत्तरीको सदरमुकाम जलेश्वरमा पाँच पिट पानी जमेको छ। बाढी प्रभावितलाई विद्यालय, मठमन्दिरमा राखिएको छ। खाने पानीको स्रोत डुबेका छन्। सुख्खा खानेकुरासम्म पुर्याउन समस्या भएको उनको भनाइ छ। 

सडक सम्पर्क विच्छेद
महोत्तरीलाई राजमार्गसँग जोड्ने मुख्य सडक सम्पर्क बिच्छेद भएको छ। बाढीले बाटो कटान गर्दा बर्दिबास-औरही-जलेश्वर, जनकपुर-जलेश्वर-भिठ्ठामोड, बर्दिबास-रौजा-जलेश्वर अबरुद्ध छ। ग्रामीण भेगमा बर्षाको भेलले क्लभट, ह्युमपाइप बगाउँदा सडक आवतजाबत बन्द छ। बाटो बन्द भएसँगै राहत र उद्धारमा कठिना थपिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.