माइ खोला तर्ने क्रममा बेपत्ता तीन छात्रा अझै भेटिनन्

माइ खोला तर्ने क्रममा बेपत्ता तीन छात्रा अझै भेटिनन्

इलाम  : माइ खोला तर्ने क्रममा शनिबार वेपत्ता भएका तीन छात्रा फेला परेका छैनन्। बिहानैदेखि प्रहरी, शासस्त्र प्रहरी र स्थानीयले खोजीकार्य तीव्र बनाए पनि सफलता हात नपरेको प्रहरीले जनाएको छ। 

माई नगरपालिका ६ भगवती माध्यमिक विद्यालयमा अध्यानरत माइ नगरपालिका १ ज्वालेका कक्षा ९, ७ र ६ मा अध्यानरत निसा सुनार,अञ्जना आङ्देम्बे र सुनिता साउदेन बिहान ७ बजेदेखि वेपत्ता भएका थिए।

परीक्षा सकेर घर फर्कने क्रममा उनीहरुलाई खोलाले खत्रक्पाबाट बगाएको स्थानीय शिक्षक गोपाल घिमिरेले जानकारी दिए । उनीहरुसँगै खोला तर्ने दुईजना भने खोला तर्न सफल भएका छन्। शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले बिहानैदेखि घटनास्थलदेखि दोमुखासम्म खोजतलास गरेको दानावारी रेडक्रस उपशाखाका सदस्य नेत्र प्रसाद भट्टराईले जानकारी दिए। उनले भने, ' भेल नरोकिएकाले खोजी कार्यमा समस्या भएको छ ।'

परीक्षा सकेर घर फर्कर्दै गरेका पाँचजना विद्यार्थीले देउमाई खोलाको पुल माई खोला पार गर्ने प्रयास गरेका थिए। आइतबारसम्म उपलब्धि हात नपरेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए। 

विद्यालयका प्रधानअध्यापक दिनेशकुमार भगतका अनुसार अविरल वर्षाका कारण शुक्रबारको परीक्षा स्थगित गरेर वर्षे विदा दिइएको छ। वर्षाको समयमा भेलको पीरले धेरैजसो विद्यार्थी विद्यालय नजीक डेरा गरेर बस्ने गरेका छन्।वर्षाको कारण घर जान रोकिएका विद्यार्थी शनिबार घर फर्कर्दै थिए। ज्वाले क्षेत्रबाट दैनिक २५ जना विद्यार्थी भगवतीमा अध्यानरत छन्।

नजिकमा पुल नहुँदा अधिकांश विद्यार्थीले खोलाबाट नै वारपार गर्नुपर्ने वाध्यता छ। विद्यालय गएका विद्यार्थी वेपत्ता भएपछि परिवारमा रुवावासी चलेको शिक्षक बुद्धिप्रसाद आंदेम्बेले बताए। उनले भने, 'पुरै गाउँ शोकमा छ,' उज्यालो भएदेखि स्थानीयले हराएका छात्राको खोजी तीव्र पारेका छन्।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.