भानुको जन्मथलोमा काव्यिक चहलपहल

भानुको जन्मथलोमा काव्यिक चहलपहल

दमौली : यसपटक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा उनको गाउँ चुँदी रम्घामा चहलपहल देखियो। समथर चुँदी बेसीस्थित भानु जन्मस्थल विकास समितिको प्रांगणमा देशविदेशका कवि साहित्यकारको घुइँचो देखियो।

विगतमा शून्य शून्य देखिने चुँदी रम्घामा भानु नगरपालिकाले गरेको २०६ औं भानु जयन्ती कार्यक्रममा देखिएको चहलपहलले थप आशा जगाएको साहित्यकार त्रिभुवनचन्द्र वाग्लेले बताए। हालै चुँदी रम्घामै सम्पन्न अन्तर्राष्ट्रिय साहित्य सम्मेलनपश्चात भारत र म्यानमारका नेपालीभाषी कविले आफ्ना पहिलो कविको मूलथलोबारे चासो राख्न थालेका छन्। फलस्वरुप तीनवटै देशबाट कविहरू भानुको थातथलो पुगे।

बर्माबाट कुसुम गौतम र ओमबहादुर थापासँगै छिमेकी भारतको मणिपुर र कोलकाताबाट गरी झण्डै दर्जनको संख्यामा देश बाहिरका नेपालीभाषी कवि भानुको जन्मथलोमा पुगे। आदिकविको थलोमा पहिलो पटक पुगेका कविहरू औधी खुसी देखिन्थे। केही कविले भानुलाई सम्झेर काव्य प्रस्तुती पनि पस्कने मौका पाए।

भानु प्रतिष्ठानका अध्यक्ष डा. व्रतराज आचार्यले भानुको महिमा जोगाउन उनको जन्मथलोको विकासमा विशेष पहल र चासो पुग्नुपर्नेमा जोड दिए।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले भानुको जन्मथलोको विकासका लागि आफ्नो तहबाट सकेको पहल गर्ने बताए।

कार्यक्रममा भानुभक्तीय रामायण तथा नेपाली भाषाका कविता प्रस्तुत गरिएका थिए। भानुको जन्मथलो तनहुँको घाँसीकुवामा भानु घाँसी पार्क व्यवस्थापन समिति तथा उनकै नामबाट स्थापित आदिकवि भानुभक्त क्याम्पसले पनि कविता वाचन प्रतियोगिता र काव्य गोष्ठी गरेका छन्।

पोहोरका वर्षका तुलनामा यस वर्ष भानुको जन्मथलोमा साहित्यिक चहलपहल बढेको साहित्यकार काशिनाथ न्यौपानेले बताए। ‘यो भानुको थलोका लागि खुसीको कुरा हो,’ उनले भने,‘यसमा अझै बढोत्तरीका लागि स्थानीय सरकारहरुले यस दिनलाई अझ विशेष महत्व दिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.