विप्लवका दुई कार्यकर्ताले नुवाकोटमा आत्मसमर्पण गरे

विप्लवका दुई कार्यकर्ताले नुवाकोटमा आत्मसमर्पण गरे

नुवाकोट : पार्टीको नीतिप्रति असहमति जनाउँदै विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपाका दुईजना कार्यकर्ताले आत्मसमर्पण गरेका छन् ।

सरोज न्यौपाने र विष्णु भण्डारीले मंगलवार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उपस्थित भइ आत्मसमर्पण गरेका हुन् । आफू सहभागी विप्लव समुहले हिंसात्मक गतिविधि गरेको भन्दै त्यस्ता गतिविधिमा उनीहरुको असहमति छ ।

गोरखा आरुघाट गाउँपालिका–७ का ३६ वर्षीय सरोज र सुर्खेतको वीरेन्द्र नगरपालिका–४ का १९ वर्षीय विष्णु भण्डारीले जिल्ला प्रशासनमा उपस्थित भइ लिखित रुपमै आत्मसमर्पण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगर र पत्रकारसमक्ष उनीहरुले आफूहरुको सुरक्षित जीवनयापनको मागसमेत गरेका छन् । यसअघि आफूहरुले वैकल्पिक शक्तिका रुपमा नेकपालाई लिएको भए पनि अब त्यस्तो नगर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

सरोज सशस्त्र प्रहरीका पूर्व हवल्दार र खेलाडी प्रशिक्षक समेत हुन् । गत २०६७ साल चैतबाट प्रहरी सेवा छाडेका उनी गत बैशाख २६ गते हेटौंडाबाट विप्लव समुहमा प्रवेश गरेका थिए । साथै यसै वर्ष एसईई उत्तिर्ण गरेका विष्णु चार महिनादेखि विप्लव समुहमा आवद्ध रहेको बताए । प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले उनीहरुको सुरक्षामा ध्यान दिने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.