वीरगन्जका भन्सार कार्यालय दुई वर्षदेखि असफल

वीरगन्जका भन्सार कार्यालय दुई वर्षदेखि असफल

वीरगन्ज : वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालय दुई वर्षदेखि असफल देखिएका छन्। मुलुकको कुल राजश्व संकलनमा ५१ प्रतिशत योगदान दिँदै आएका कार्यालय दुई आर्थिक वर्षदेखि असफल देखिएका हुन्। 

वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा विभागले दिएको लक्ष्य भन्दा २४ अर्ब ७ करोड ४४ लाख कम राजश्व संकलन गरेको थियो। विभागले गत आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजारको लक्ष्य दिएको थियो। तर, उसले लक्ष्यको ८५.९७ प्रतिशत मात्र अर्थात् १ खर्ब ४७ ५३ करोड १३ लाख ७५ हजार मात्र राजश्व संकलन गर्न सकेको हो।

 अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा पनि वीरगन्ज भन्सार कार्यालय, राजश्व संकलनको लक्ष्य भेटन् असफल भएको थियो। अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा भन्सार विभागले यस भन्सार कार्यालयलाई १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख ३५ हजारको लक्ष्य दिएको थियो। तर उसले आर्थिक वर्ष २०७४/०७५ मा भने लक्ष्य भन्दा ३ अर्ब ३८ करोड ९३ लाख ८ हजार कम अर्थात् कुल १ खर्ब ३१ अर्ब ३१ लाख १७ हजार मात्र राजश्व उठाउन सकेको थियो। 

सुख्खा बन्दरगाह पनि असफल

सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट)  भन्सार कार्यालय पनि विगत दुई आर्थिक वर्षदेखि लगातार राजश्व संकलनको लक्ष्य भेट्न असफल छ।  ड्राइपोर्ट भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्य भन्दा ३ अर्ब ८४ करोड १८ लाख ५३ कम राजश्व संकलन गरेको छ।
 
गत आर्थिक वर्ष २०७५/०७६ का लागि भन्सार विभागले ड्राइपोर्ट भन्सार कार्यालयलाई ३६ अर्ब ९ करोड ३२ लाख २ हजारको लक्ष्य दिएको थियो। तर, ड्राइपोर्ट भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ८९.३६ प्रतिशत मात्र अर्थात ३२ अर्ब २५ करोड १३ लाख ४९ हजार मात्र राजश्व संकलन गरेको हो।  

 अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा पनि ड्राइपोर्ट भन्सार कार्यालयले लक्ष्य भन्दा १ अर्ब ९५ करोड ९० लाख ६७ हजार कम राजश्व उठाएको थियो। 

 उक्त आर्थिक वर्षमा भन्सार विभागले ड्राइपोर्ट भन्सार कार्यालयलाइ २८ अर्ब २९ करोड ४२ लाख ६० हजारको राजश्व संकलनको लक्ष्य दिएको थियो। तर उसले उक्त आर्थिक वर्षमा लक्ष्य भन्दा ४ प्रतिशत कम अर्थात् कुल २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्रै राजश्व उठाउन सकेको थियो। 

 गत आर्थिक वर्ष २०७५÷०७६ मा असोज र जेठ बाहेक बाँकी सबै १० महिनामा विभागले दिएको लक्ष्य पुरा गर्न असफल भएका कारण ड्राइपोर्ट भन्सार कार्यालयले गत आर्थिक वर्षमा विभागले दिएको लक्ष्य पुरा गर्न नसकेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.