इलामका फरार अभियुक्त खोज्दै प्रहरी
इलाम : विभिन्न अपराधमा संलग्न ३३ जना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामले खोजीकार्य तीव्र बनाएको बताएको छ ।
एक वर्षमा २४८ जना अभियुक्त पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले गत वर्ष पक्राउ गर्न बाँकी ३३ जनाको खोजी तीव्र बनाएको डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
बलात्कार, हत्या, चोरी, ठगी लगायत अभियोगमा दोषी करार उनीहरुलाई पक्राउ गर्न सबै संयन्त्र परिचालन गरेको क्षेत्रीले बताए । गत वर्षमा ३८० वटा अपराधका मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय इलामले २९४ वटा मुद्दा फस्र्यौट गरेको क्षेत्रीले बताए । ८३ वटा मुद्दा फस्र्यौट हुन बाँकी छन् ।
यस क्रममा १७५ जनाको विभिन्न कारणले मृत्यु भएको पनि बताइएको छ । प्रहरीले अदालतको फैसला कर्यान्वायन गर्ने क्रममा एक वर्षमा ९३ जनालाई पक्राउ गरेको पनि जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !