अलपत्रलाई घर ल्याउन टिकटको जोहो

अलपत्रलाई घर ल्याउन टिकटको जोहो

दमौली : कम्बोडियामा अलपत्र नेपाली फर्काउन सरकारबाट कुटनैतिक पहल नभएपछि आफन्तले फिर्ता ल्याउने प्रक्रिया थालेका छन्। तनहुँ ऋषिङ गाउँपालिकाका पाँचसहित ६ युवा कम्बोडियाको सिमरिपमा हाल अलपत्र परेका छन्। क्यासिनोमा सेक्युरिटी गार्डमा काम पाउने आशामा मानव तस्करलाई झण्डै आठ लाख बुझाएर उनीहरू कम्बोडिया पुगेका थिए।

तनहुँ ऋषिङ–२ गैह्राथोक निवासी जंगबहादुर थापा, ऋषिङ–७ मचदाङका रेशम थापा, ऋषिङ–२ चैनपुर निवासी धनबहादुर राना र ऋषिङ–६ चालिसे निवासी गोपाल थापासँगै काभ्रेप्लाञ्चोक महादेवस्थान–८ का विनोद खरेल तनहुँ केशवटारकी रजनी थापाको आ श्रयमा बसिरहेका छन्।

कम्बोडियामै रहेका प्युठान बरौला–३ घर भै ललितपुर २३ निवासी दुर्गाबहादुर गुरुङले उनीहरूलाई थाईल्याण्ड हुँदै कम्बोडिया पुर्‍याएका थिए। कम्बोडिया पुर्‍याएर जनही ६ हजार अमेरिकन डलर बुझेपछि बेपत्ता भएपछि युवा नेपाली व्यवसायी थापाको आ श्रयमा छन्। आफूहरू अलपत्र परेको बारे देशमा जानकारी गराए पनि सरकारी तवरबाट फिर्तीका लागि कुनै पहल नभएपछि युवाले आफन्तलाई फिर्ता गरिदिन अनुरोध गरेका छन्।

‘अलपत्र परेकाले उद्धार र दोषीमाथि कारवाहीका लागि परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागमा पत्राचार गरेका थियौं’, आफन्त समेत रहेका ऋषिङ गाउँपालिकाका वडासदस्य यामबहादुर सारुले भने, ‘तर अवैध तरिकाले पुगेकाले फिर्ता गराउन नसकिने जानकारी वैदेशिक रोजगार विभागबाट पाएकाले आफैं फिर्तीका लागि पहल थालेका छौं।’

अलपत्र युवा जंगबहादुरका दाई प्रेमबहादुरले पनि सरकारले फिर्ता ल्याउन पहल नगरेकाले निजीस्तरमा पहल गरेर फिर्ता गराउन लागिएको बताए। ‘उता सबै बेखर्ची भैसके’, उनले भने,‘अब यत्तिकै कति दिन राख्ने भन्ने भएकाले टिकट खर्च पठाएर फिर्ताको पहल गर्दैछौं।’

उनले सरकारी निकायबाट सकारात्मक जवाफ र सहयोगको आश्वासन नमिलेकाले आफ्नै पहल गर्नुपर्ने अवस्था आएको बताए। ‘एक जनाको झण्डै आठ लाख रुपैयाँ खर्च भइसकेको छ’, उनले भने, ‘अब टिकट पनि किनेर नेपाल फर्काउन लाग्दैछौं।’ उनले रोजगारी दिने भनि बेपत्ता दुर्गाबहादुरलाई पक्रनका लागि पनि थाईल्याण्डको नेपाली दुतावास तथा नेपाल प्रहरीबाट पहल भएको जानकारी नपाएको बताए।

‘दोषीलाई पक्रेर रकम असुलउपर गर्ने सम्भावना पनि देखिएन। भाईहरू आत्तिएका छन्,’ उनले भने,‘ऋण खोजेर भए पनि फर्काउनुको विकल्प देखिएन। कति दिन यसैगरी राख्ने ? ’ हाल आ श्रय दिइरहेकी व्यवसायी रजनीले युवाको फिर्तीका लागि बाटो खर्च स्वरुप ३० हजार रुपैयाँ बराबरको अमेरिकी डलर उपलब्ध गराएकी छन्।

‘दोषीलाई कारबाही नहुँदा पुनरावृत्ति’

६ जना युवालाई आफ्नै फल्याटमा आ श्रय दिइरहेकी सिमरिपकी व्यवसायी रजनीले यस अघि पनि नेपालीहरु कम्बोडियामा अलपत्र पर्ने घटना भैरहे पनि दोषी नेपालीमाथि कारवाही नहुँदा दोहोरिने अवस्था आएको बताइन्। ‘यहाँ एनआरएन पनि छ। अरु संघसंस्था छन्’ उनले भनिन्,‘तर कसैले दोषी भनि चिनिएका माथि कारवाही गर्ने आँट नगर्दा अरु धेरै नेपाली फसिरहेका छन्।’ उनले सरकार र थाइल्याण्डको दूतावासले पनि यस्ता घटनामा सोचजस्तो तदारुकता नलिँदा पीडित झनै पीडामा पर्ने अवस्था सुनाइन्।

भरपर्दो सम्पर्क माध्यम भेटिएनः विभाग

आफन्तले विभागबाट पहल नहुने जानकारी पाएकाले आफैं फिर्ताको पहल गरेको बताए पनि वैदेशिक रोजगार विभागले भने भरपर्दो सम्पर्क माध्यम फेला नपर्दा समस्या परेको बताएको छ। विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले अन्नपूर्णसँग भने,‘उहाँहरू समस्यामा परेको कुरा जानकारीमा छ तर सम्पर्कको गतिलो माध्यम नभएकाले समस्या परेको छ।’ उनले श्रम स्विकृती नलिइकन गएको भए पनि अलपत्र परेका नेपालीलाई फिर्ता गराउन सकिने बताए। ‘अलपत्र परे पछि फिर्ता गराउन दुतावासमार्फत हाम्रो पहल हुन्छ,’ उनले भने।

कम्बोडियामा अलपत्र ६ नेपाली स्थानीय प्रहरी कार्यालयमा मानव तस्करविरुद्ध कारवाहीको निवेदन दिएपछि। उनीहरुले अझैसम्म पनि स्वदेश फिर्तीका लागि सरकारबाट पहल नभएको र खर्च सकिए पछि आफन्तलाई गुहारेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.