मेडिकल काउन्सिलले नवीकरण नगरिदिएपछि उत्तर कोरियाली अस्पताल बन्द

मेडिकल काउन्सिलले नवीकरण नगरिदिएपछि उत्तर कोरियाली अस्पताल बन्द

तनहुँ : सबै चिकित्सकको नेपाल मेडिकल काउन्सिलबाट प्राप्त इजाजत नवीकरण नभएपछि तनहुँको दमौलीमा उत्तर कोरियाली लगानीमा सञ्चालित ने–काेर्‍याे अस्पताल बन्द भएको छ ।

आठजनामध्ये सबै चिकित्सकको इजाजत अवधि सकिएकाले सेवा बन्द गर्नका लागि भन्दै नेपाल मेडिकल काउन्सिलले पत्र लेखेपछि अस्पतालको सेवा बन्द भएको अस्पतालमा कार्यरत कर्मचारीहरुले बताए ।

व्यवस्थापनले पनि चिकित्सकको म्याद थपको प्रक्रियामा रहेको स्वीकार गरे पनि त्यही कारण अस्पताल बन्द भने नभएको जिकिर गरेको छ । तीन साताअघि तनहुँ प्रशासनले गरेको अनुगमनका क्रममा अस्पतालका आठमध्ये चार चिकित्सक म्याद सकिएको एक महिना बित्दा पनि अस्पतालमै देखिएका थिए । बाँकी चार समेत म्याद सकिन एक महिना बाँकी रहँदा अस्पतालमै कार्यरत थिए ।

तर पहिलेका चारसँगै बाँकी चिकित्सकको समेत इजाजत अवधि सकिएपछि सोमबार अस्पतालमा ताला लागेको छ । उत्तर कोरियाली दुतावासको प्रत्यक्ष निगरानीमा सञ्चालित अस्पतालमा यस अघि पनि अनुगमनका बेला आवश्यक मापदण्ड नपुगेको सरकारी अधिकारीहरुले बताउने गरेका थिए ।

तर बिरामी जाँच गर्न अनिवार्य रुपमा चाहिने नेपाल मेडिकल काउन्सिलको इजाजतको अवधि सकिएपछि पनि चिकित्सक कार्यरत रहेको देखिएपछि अस्पताल व्यवस्थापनले उनीहरु नवीकरणका लागि प्रक्रियामा रहेको जवाफ दिएको थियो ।

प्रशासनले अनुगमन र कडाई थालेपछि अस्पताल व्यवस्थापनले नवीकरणको प्रक्रिया थालेको थियो । तर मेडिकल काउन्सिलमा नवीकरणको प्रक्रियामै रहँदा बाँकी चारको पनि म्याद सकिएपछि व्यवस्थापनले अस्पतालमा ताला लगाएको छ ।

समस्या समाधान भएपछि ‘आफैँ बोलाउँछौँ’ भनेर भनेको बताए । अस्पतालले कर्मचारीहरुको बक्यौता तलब भुक्तानी गरेर उनीहरुलाई बिदा गरेको ती कर्मचारीले बताए । अस्पताल सोमबार बिहानैबाट बन्द छ । त्यहाँ कार्यरत चिकित्सक र म्यानेजरहरु आइतबार राति नै काठमाडौँ गएको बुझिएको छ ।

तर अस्पतालका म्यानेजर बताउने उत्तर कोरियाली नागरिक मिस्टर सङले भने अस्पताल बन्द भैनसकेको बरु आन्तरिक कारण केही दिन सेवा रोकिएको जिकिर गरे । अस्पतालमा कार्यरत आठ चिकित्सकमध्ये ४ जना बिजनेश भिषामा कार्यरत छन् । बाँकी भने ननटुरिस्ट भिषामा रहेकाले श्रम स्विकृती लिएर कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.