एसएसबीले पुर्‍यो आफैले खनेको खाडल

एसएसबीले  पुर्‍यो आफैले खनेको खाडल

इलाम : सूर्योदय नगरपालिका- २ को पशुपतिनगरबाट चारमाइलहुँदै भारतीय बजार जाने बाटो बन्द गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीले मंगलबार आफै खोली दिएको छ। 

एसएसबीका इन्स्पेक्टर निमेश डिवानीया र नेपाल तर्फका शसस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका इन्स्पेक्टर शसांकध्वज कार्की र इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर हेमराज ओली बीचको वार्तापछि एसएसपीले खाल्डो पुरेको हो।

एक महिना अघिदेखि पशुपतिनगर नाकाबाट तरकारी समेत छिर्न नदिएपछि स्थानीयले बैकल्पिक मार्ग प्रयोग गर्दै आएको सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए।

यसअघि सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईसहितको समूहले पनि विवादित क्षेत्रको अनुगमन गरेर भारतीय पक्षसँग छलफल गरेको थियो। 

भारतीय पक्षले वैकल्पिक मार्गबाट गैरकानुनी क्रियाकलाप बढेको भन्दै चारमाईमा कच्ची सडकमा खाडल बनाएर अवरोध  गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.