पोखरा रंगशाला : सक्नुपर्ने समयमा डिजाइन बन्दै

पोखरा रंगशाला : सक्नुपर्ने समयमा डिजाइन बन्दै

पोखरा : पोखरा रंगशालाभित्र निर्माण भइरहेको अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माण सम्पन्न गर्नुपर्ने समयसम्म पनि डिजाइनकै काम अलमलमा परेको छ। आगामी मंसिरमा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल पोखरामा गर्ने लक्ष्यका साथ असार महिनाभित्र फुटबल स्टेडियम निर्माण सम्पन्न गरिसक्ने कार्यतालिका बनाइएको थियो। सोहीअनुसार स्टेडियमको शिलान्यास गत फागुन २७ गते भएको थियो।

फुटबल स्टेडियमको शिलान्यास कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले निर्माण कम्पनीलाई समयसीमाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए। फुटबल मैदानको निर्माण सम्पन गर्नुपर्ने समयमा भर्खर नयाँ डिजाइन बन्न लागेको छ। असारमै सम्पन्न गर्ने भनिएको रंगशालाको साउनमा मात्रै डिजाइनको काम फाइनल हुन लागेको छ। रंगशालाभित्र प्राकृतिक खेलमैदान बनाउने कि कृत्रिम बनाउने भन्ने विषयमा निर्णय हुन सकेको छैन। कृत्रिम खेलमैदान बनाउन काम सुरु गरिएको छ। तर, पछिल्लो समय प्राकृतिक खेलमैदान नै बनाउन डिजाइनको काम भइरहेको छ।

निर्माणाधीन फुटबल रंगशालाको मंगलबार युवा तथा खेलकुदमन्त्री विश्वकर्माले निरीक्षण गरेका थिए। उनले खेलमैदान असार मसान्तसम्म सक्नुपर्ने भए पनि केही प्राविधिक कारणले ढिला भएको बताए। यसैबीच राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र निर्माण कम्पनीबीच गत शुक्रबार भएको बैठकले प्राकृतिक खेलमैदान नै बनाउने निर्णय गरे पनि डिजाइन बनाउन अझै ८/१० दिन लाग्ने बताइएको छ।

प्राकृतिक खेलमैदान नै बनाउने पक्का भएर त्यसैअनुसार काम अघि बढेको मन्त्री विश्वकर्माले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उनले पोखरामा तय भएका सम्पूर्ण खेल पूर्वाधारका कारण नरोकिने जानकारी दिए। निर्माण कम्पनीले फुटबल स्टेडियम निर्माणका लागि २२ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ।

ग्लोबल टेन्डरबाट स्टेडियम निर्माणको जिम्मा ग्रेट स्पोर्ट्स इन्फ्रा प्रालि भारत र एमए कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएका थिए। एक अर्ब २८ करोड २२ लाख १८ हजार एक सय ७४ रुपैयाँमा स्टेडियम बन्न लागेको हो। जसमा ३० हजार दर्शक क्षमताको बनाउन लागिएको छ। अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियममा ट्र्याक एन्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फ्रेन्स कक्षलगायत रहनेछ।

फुटबल मैदान फिफाले तोकेको मापदण्डको हुनु पर्नेछ। स्टेडियमलाई आधुनिक फ्लड लाइटसहित स्कोर बोर्ड, डिस्प्ले बोर्डसमेत हुनेछ। स्टेडियममा टेलिभिजनका ठूला स्क्रिनसमेत जडान गरिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.