अन्‍नपूर्ण राउन्ड टेबलमा कोरियाली राजदूत

अन्‍नपूर्ण राउन्ड टेबलमा कोरियाली राजदूत

काठमाडौं : दक्षिण कोरियाका नेपालस्थित राजदूत पार्क योङ सिक अन्‍नपूर्ण मिडिया नेटवर्कको राउन्ड टेबलमा सहभागी भएका छन्। 

तीनकुनेस्थित अन्‍नपूर्ण टावरमा राजदूत पार्कलाई अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा तथा अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले स्वागत गरेका थिए।

राजदूत पार्कले मुलुककै एउटा वृहत् र प्रतिष्ठित मिडिया हाउसमा आउन पाउँदा आफूलाई खुसी लागेको बताए। उनले कोरिया नेपालको नजिकको मित्र भएको बताउँदै यहाँको विकासमा निरन्तर सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै भने, 'नेपालबाट प्राप्त सहयोग र सद्‍भाव लागि हामी आभारी छौं। हाम्रो तर्फबाट पनि सहयोगका क्षेत्र र संभावना अझै बढाउने प्रयासमा हामी छौं।'


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.