यतीले पोखराबाट भरतपुर र भैरहवा उडान गर्ने

यतीले पोखराबाट भरतपुर र भैरहवा उडान गर्ने

पोखरा : यती एयरलाइन्सले पोखराबाट भरतपुर र भैरहवामा पनि उडान भर्ने भएको छ। साउन १६ देखि भैरहवा र भदौ १५ देखि भारतपुरका लागि उडान सुरु हुने यती एयरलाइन्सका सिनियर म्यानेजर भीमराज राईले जानकारी दिए।

पर्यटकीय सहर पोखरामा आउने विदेशी पर्यटकलाई लक्ष्य गरी भदौ २९ देखि अन्नपूर्ण, धौलागिरी, मनास्लु, क्षेत्रमा माउन्टेन फ्लाइटसमेत हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए। समय कम हुने र पदयात्रामा जान नसक्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी नियमित माउन्टेन फ्लाइट हुने उनले बताए।

यती एयरलाइन्सले ३० सिट क्षमता भएको जेटस्ट्रिम ४१ विमानमार्फत पोखराबाट भैरहवा र भरतपुर उडान भर्न लागेको हो। नेपालगन्जमा भने चार्टर फ्लाइटमात्र हुनेछ। पोखराबाट दैनिक हुने माउन्टने फ्लाइटलाई यतीले अन्नपूर्ण एक्सप्रेस नाम दिएर उडान भर्न लागेको छ।

पोखराबाट भरतपुर र भैरहवामा उडान भर्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। बुद्ध एयरलाइन्सले पनि एक वर्षअघिदेखि भरतपुर र भैरहवामा नियमीत उडान गर्दै आएको छ।

परिषद्का अध्यक्ष पोखरेलले भारतीय पर्यटकलाई लक्ष्य गरी भारतीय सीमा क्षेत्रका नेपाली सहरमा उडान भर्न एयरलाइन्स कम्पनीहरूलाई अनुरोध गरेका छन्। सिमरा, भद्रपुर, नेपालगन्जबाट सिधा पोखरा हवाई सेवा सुरु भए पर्यटक आवागमन बढाउन सकिने पर्यटन व्यवसायीहरूको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.