पायोनियर मोटो कर्पको मनसुन सर्भिस क्याम्प सुरु
काठमाडौं : डाट्सन तथा निशान गाडीका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निःशुल्क मनसुन सर्भिस क्याम्प सुरु गरेको छ। एक हप्तासम्म संचालनमा रहने क्याम्प साउन १६ गतेसम्म देशव्यापी रुपमा सञ्चालनमा रहनेछ।सर्भिस क्याम्प नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक सर्भिस सेन्टरमार्फत् उपब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार क्याम्पमा निःशुल्क गाडी चेक अप, निःशुल्क टप वास, स्पेयर पार्टको खरिदमा २० प्रतिशत सम्म छुट, अन्य एक्सोसरिजको खरिदमा ३० प्रति छुट दिने व्यवस्था गरेको छ।
क्याम्पमा बाढीले क्षति भएका निशान तथा डाट्सन गाडीलाई विशेष सुविधा प्रदान गरेको छ। मनसुन क्याम्प अवधिभर ग्राहकले आफ्नो गाडीको अवस्था एवं कार्य क्षमताको प्राविधिक चेकजाँच गर्न सक्नेछन्।