सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव, ८ घाइते

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव, ८ घाइते

पोखरा : पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनावग्रस्त बनेको छ। चिकित्सको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्।

दोषीलाई कारवाहीको माग राख्दै आक्रोशित भएका आफन्त र प्रहरीबीच झडप हुँदा ८ जना घाइते भएका छन्। झडपमा मृतकका आफन्त ३ जना र प्रहरीतर्फ ५ जना गरी ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

दोषीलाई कारवाही गर्नुपर्ने माग राख्दै मृतकका आफन्त आक्रोशित भएका हुन्। उपचारमा लापारवाहीले सुत्केरीको मृत्यु भएको भन्दै दोषीलाई कारवाहीको माग राख्दै मृतकका आफन्तले अस्पताल परिसरमै नाराबाजी गरे। 

कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुककी ३३ वर्षीय निशाकुमारी थापालाई बेथाले च्यापेपछि बिहीबार बिहान ८ बजेतिर अस्पताल ल्याइएको थियो। 

बिहीबार साँझ ७ बजेर ४५ मिनेट जाँदा उनले नरमल डेलीभरीबाट ४ केजीको छोरा जन्माएको अस्पतालले जनाएको छ। बच्चा जन्मिसकेपछि रक्तश्रावको समस्या आएको उनका भाइ बसन्त थापा मगरले सुनाए।

रक्तश्राव नरोकिएपछि चिकित्सकले राति सवा १२ बजेतिर रक्तश्राव रोक्न पाठेघरको अप्रसन गरेको मृतकका आफन्त हरिबहादुर थापाले बताए। अप्रेसनका क्रममा ४ पोका रगत उपलब्ध गराएको मृतकका भाइ बसन्त थापाले सुनाए। सवा २ बजे अप्रेसन सकिएको र बिरामीको अवस्था क्रिटिकल रहेको चिकित्सकले जानकारी दिएको पनि उनले बताए।तर, शुक्रबार बिहान ५ बजेतिर सुत्केरीको मृत्यु भएको चिकित्सकले नै खबर गरे।

अस्पताल प्रशासनले नरमल डेलिभरी भएपनि बिरामीको समयमै उपचार सुरु गरेको जनाएको छ। उपचारमा कुनै कमी नभएको अस्पताल प्रशासनको दावी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.