ठेकेदारको लापरबाही : म्याद थप्दा पनि बनेन भवन

ठेकेदारको लापरबाही : म्याद थप्दा पनि बनेन भवन

दैलेख : ठेकेदारको लापरबाहीका कारण शिक्षा विकास तथा समन्वय एकाइको भवन निर्माण अलपत्र परेको छ। सम्झौता अवधि सकिएर थपिएको म्यादमा पनि भवन निर्माण हुन सकेको छैन। निर्माण पूरा नहुँदा भवन नै जीर्ण बन्न थालेको छ।

सदरमुकाममा यो भवन निर्माण सुरु भएको दुई वर्ष बित्यो। भवन निर्माणमा ठेकेदारको लापरबाहीले गर्दा तोकिएको समयमा निर्माण हुन नसकेको हो। डेढ वर्षभित्रै निर्माण सक्ने गरी जोशी कुँवर जेभी मैतीदेवी काठमाडौंले निर्माण जिम्मा लिएको थियो।

२०७४ जेठ २५ मा ठेक्का सम्झौता भएको उक्त भवन निर्माणको जिम्मा जोशी कुँवरले दैलेखका स्थानीय ठेकेदार दीपककुमार शाहीलाई दिएको छ। भवन निर्माणको सम्झौता म्याद गत मंसिरमा सकिएको हो। पहिलोपटक २०७६ जेठ १८ मा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो। तर थप गरिएको समयभित्र पनि भवन निर्माणको काम अधुरै छ।

स्थानीय ठेकेदारको लापरबाहीका कारण भवन निर्माण समयमै नसकिएको शिक्षा एकाइ प्रमुख तेजबहादुर थापाले बताए। भ्याटसहित तीन करोड ८१ लाख दुई हजार पाँच सय ८९ रुपैयाँमा ठेक्का भएको हो। ‘हालसम्म ठेकेदारलाई एक करोड ३२ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरिसकेका छौं,’ प्रमुख थापाले भने, ‘पहिलोपटक म्याद थप्दासमेत ठेकेदारले काम गर्न आनाकानी गरे।’

साढे दुई तलाको २२ कोठे यो भवन निर्माणको काम समयमै सक्न ठेकेदार कम्पनीलाई पटकपटक मौखिक रूपमा आग्रह गरे पनि अटेरी गरेको थापाले गुनासो गरे। हालसम्म भवनको ढलान मात्रै सकिएको छ। अन्य सबै काम अलपत्र छ। ठेकेदार कम्पनीले भवन निर्माणमा झारा टार्ने गरेको पाइएको छ। एक कर्मचारीले भने, ‘ढलानसमेत गुणस्तरीय छैन, ठेकेदारले झारा मात्रै टारेका छन्। निर्माणाधीन भवन निर्माण सामग्री राख्ने थलो बनेको छ।’ ठेकेदारले समयमै काम नगर्दा दोस्रो पटकका लागि म्याद थपको प्रक्रिया अघि बढाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.