प्रभु बैंक र अर्विट मेडिकल इन्ट्रान्सबीच सम्झौता
काठमाडौं : प्रभु बैंक लिमिटेड र अर्विट मेडिकल इन्ट्रान्सबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।सहमति पत्र अनुसार अर्विट मेडिकल इन्ट्रान्सको प्रभु बैंक आधिकारीक बैंक बनेको छ।
अब उक्त कम्पनीसँग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिस भइ आएका उच्च शिक्षा हाँसिल गर्न विदेश जाने विद्यार्थीले बैंकको सबै शाखाबाट नगद जम्मा गर्ने, विदेशी मुद्रा सटहीको सुविधा पाउनेछन्।
त्यस्तै स्वीफ्ट, टीटी, अनलाइन पेमेन्ट, ड्राफ्ट आदिका माध्यमबाट गरिने टोफल, आइइएलटीएस, पिटिइ, सिएइ, स्याट, जिआरइ, जिम्याट, ट्युसन फी आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा कर्जा उपलब्ध हुनेछ।