८ नेपाली विद्यार्थीलाई ५ हजार डलरको छात्रवृत्ति

८ नेपाली विद्यार्थीलाई ५ हजार डलरको छात्रवृत्ति

काठमाडौं : आइडीपी एजुकेसनले अस्ट्रेलियामा उच्च शिक्षा पढ्न गएका ८ नेपाली विद्यार्थीलाई अस्ट्रेलियन डलर ५ हजारको छात्रवृत्ति प्रदान गरेको छ। आइडीपी एजुकेसनको अस्ट्रेलिया शैक्षिक मेलामा नेपालका लागि अस्ट्रेलिय नराजदूत पीटर बड़ले छात्रवृत्ति पाएका विद्यार्थीका आमा बुवालाई छात्रवृत्तिको प्रमाणपत्र हस्तान्तरण गरे।

उक्त शैक्षिक मेलामा अस्ट्रेलियाको ३५ भन्दा बढी विश्वविद्यालय र कलेज सहभागी भएका थिए।मेलामा विद्यार्थी र अभिभावकलाई सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाटको सुविधा रहेको आइडीपीले जनाएक छ।

नेपालभरिका सैयौं विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका थिए। छात्रवृत्तिमा छनोट गर्ने प्यानलले विद्यार्थीको शैक्षिक उत्कृष्टता र अंग्रेजी भाषामा प्राप्त गरेको अंकका आधारमा बिजेता छानेको थियो। सबै ८ विजेता हाल अस्ट्रेलियाका विभिन्न विश्व विश्वविद्यालयमा स्नातकोत्तरमा अध्ययनरत छन्।

आइडीपीको दक्षिण एसियाका क्षेत्रीय निर्देशक पियुष कुमारले विद्यार्थीको उज्ज्वल भविष्यका लागि सहयोगको गरेको बताए। उनले आउँदो नोभेम्बेर २०१९ र फेब्रुअरी २०२० इन्टेकका लागि आझै २ वटा छात्रवृत्ति रहेकाले इच्छुश विद्यार्थीले  आवेदन आग्रह गरे।

आईडीपीले अस्ट्रेलिया, अमेरिका, बेलायत्, न्युजिल्याण्ड, क्यानेडा र आयरल्याण्डका ७०० भन्दा बढी प्रख्यात युनिभर्सिट्री र कलेजको प्रतिनिधित्व गरेको छ। ५० वर्ष भन्दा बढी अनुभव बटुलेको आइडीपीले गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थासँग सहकार्य गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.