पोखरामा तीन लाख पर्यटक

पोखरामा तीन लाख पर्यटक

पोखरा : आर्थिक वर्ष २०७५/०७६ मा पोखरामा करिब तीन लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क सार्वजनिक भएको छ। गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संकलन गरेको तथ्याङअनुसार पोखरामा ०७५/०७६ मा २ लाख ९८ हजार ९ सय ७५ जना विदेशी पर्यटक गण्डकी प्रदेशमा आएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत गोविन्द पौडेलले जानकारी दिए।

यसअघि पोखरामा नेपाल आउने पर्यटकको करिब ४० प्रतिशत पर्यटक पोखरा आउने बताउँदै आइएको थियो। नेपालमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक आएको तथ्याङ्क छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गण्डकी प्रदेशको राजधानी पोखरा आउने नाका तनहुँको आबुखैरेनी चेकपोष्ट। 

स्याङजाको गल्याङ चेकपोष्टमा प्रहरीको सहयोगमा आर्थिक वर्ष ०७५/०७६ देखि तथ्याङ्क संकलन गर्दै आएको हो। मन्त्रालयले हवाई जहाजबाट आउने पर्यटकको तथ्याङ्क नागरिक उड्यन प्राधिकरण पोखरा कार्यालयको तथ्याङ्कलाई आधार बनाएको छ। 

गत आर्थिक वर्षमा भारतीय पर्यटक एक लाख २० हजार ९ सय ३८ जना आएको मन्त्रालयको तथ्याङ्कमा छ। अन्य मुलुकका पर्यटकको संख्या एक लाख ७८ हजार ३७ जना आएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको छ। पोखरामा सबैभन्दा धेरै पर्यटक कात्तिक महिनामा ३८ हजार ५ सय ७५ जना आएका छन्। यस महिनामा १२ हजार ४ सय ९५ भारतीय पर्यटक र अन्य मुलुकका पर्यटक २६ हजार ८० जना आएका थिए। 

त्यसपछि धेरै पर्यटक मंसिर महिनामा ३७ हजार १ सय ९ जना पर्यटक आएका छन्। मंसिर महिनामा १७ हजार ५ सय २५ जना भारतीय पर्यटक र अन्य मुलुकका पर्यटक १९ हजार ५ सय ८४ जना आएका थिए। यसैगरी असोज महिनामा ३१ हजार १ सय ४४ जना पर्यटक आएकोमा १३ हजार ६ सय ६  जना भारतीय र १७ हजार ५ सय ३८ जना अन्य मुलुकका पर्यटक रहेको मन्त्रालयको तथ्याङ्कमा छ। 

यी तीन महिना अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्राका लागि उत्कृष्ट मानिन्छ। मुक्तिनाथ मन्दिरको दर्शन गर्न पनि यिनै तीन महिनामा भारतीय पर्यटक धेरै आउँने गर्दछन्। पोखरामा सबैभन्दा कम १२ हजार ६ सय २ जना पर्यटक असार महिनामा आएका छन्। यस महिनामा भारतीय पर्यटक ६ हजार ३ सय १४ र अन्य मुलुलकका पर्यटकको संख्या ६ हजार २ सय ८८ रहेको छ। 

गण्डकी प्रदेशको नवलपुर र वरपरका पर्यटकीय क्षेत्रमा कति पर्यटक जान्छन् भन्ने यस तथ्याङ्कमा समेटिएको छैन। प्रदेशको नवलपुरलगायतका क्षेत्र जंगली जनावरको अवलोकन गर्न उत्कृष्ट क्षेत्र हो। 

गैडा, बाघ हेर्न, हात्ती सफारी गर्ने, विदेशी पर्यटक यस क्षेत्रमा निकै जाने गर्दछन्। साश्वतधाम जाने विदेशी पर्यटक पनि उति नै हुँन्छन्। यस्तै, यहाँका प्रख्यात अमलटारी होमस्टे, जटायु रेष्टुरेण्ट (नेपालमा गिद्ध संरक्षणका लागि सुद्ध आहारा उपलब्ध गराउन खोलीएको रेष्टुरेण्ट) मा गिद्धको अवलोकन अनुसन्धान गर्न पर्यटक पुग्ने गर्दछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.