बिरामी चितुवालाई उद्धार गरी उपचारका लागि सौराहा लगियो

बिरामी चितुवालाई उद्धार गरी उपचारका लागि सौराहा लगियो

पोखरा : स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका सालडाँडा गाउँमा भेटिएको बिरामी चितुवा उद्धार गरी उपचारका लागि चितवन लगिएको छ। स्थानीयको सूचनाको आधारमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले घाइते चितुवाको उद्धार गरेको हो।

६ महिनाको चितुवा कम्जोर अवस्थामा भेटिए पछि गाउँलेले बिरामी चितुवाको उद्धार गरेका थिए। स्थानीय युवा मिलन राज श्रेष्ठले बिरामी चितुवा उद्धारका लागि एक्यपालाई खबर गरेका थिए। हरिनास गाउँपालिका एक्यापको कार्य क्षेत्र नपर्ने भए पनि उद्धार गरेको हो। बिरामी चितुवाको उद्धार गरेर प्रकृति संरक्षण कोष अन्तर्गत जैविक संरक्षण केन्द्र सौराहमा लगेर उपचार भइरहेको एक्यापका संरक्षण अधिकृत शैलेन्द्रकुमार यादवले बताए।

चितुवा बाहिरी रुपमा चोटपटक नदेखिए पनि हिँड्दा हिँड्दै ढल्ने कम्जोर देखिएपछि उपचारका लागि जैविक संरक्षण केन्द्र सौराहमा लगिएको उनले सुनाए। डिभिजन वन कार्यालय तनहुँ, डिभिजन वन कार्यालय स्याङ्जाको समेत सहयोगमा उद्धार गरि चितुवाको उपचार सुरु भएको उनले बताए। उपचार पछि चितुवालाई प्राकृतिक वावस्थानमै छाडिने पनि उनले सुनाए। पोखरामा उपचारका लागि प्रविधि सहितको जंगली जनावरको उपचारकालागि अस्पताल नभएको र दक्ष जनशत्ती पनि नभएकोले उपचारकालागि सौराहा लग्नु परेको उनले बताए।

चितुवा पछिल्लो समयमा बस्ती भएको क्षेत्र गाउँ र शहरमा झरने गरेका छन्। कुकुरलाई आहाराको रुपमा खान चितुवा सहर पस्ने र उज्यालो भएपछि सहरमा भुल्ने हुँदा यो समस्या आएको यादवले बताए। पछिल्लो समयमा नागरिक स्थरमा पनि जंगली जनावरको संरक्षण गर्नु पर्छ भन्ने धारण विकास हुँदै गएको उनले सुनाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.